नेपालमा वैदेशिक हस्तक्षेप समाप्त भएको छैन : महासचिव गुरुङ | Khabarhub Khabarhub

नेपालमा वैदेशिक हस्तक्षेप समाप्त भएको छैन : महासचिव गुरुङ


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालमा अझै वैदेशिक हस्तक्षेप समाप्त नभएको बताएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिले आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवस तथा सम्मान कार्यक्रमलार्ई सम्बोधन गर्दै महासचिव गुरुङले सबैको त्याग र बलिदानपश्चात् सामन्तवादको अन्त्य भए पनि देशमा अझै वैदेशिक उत्पीडन, वैदेशिक शोषण र हस्तक्षेपको अन्त्य नभएको बताएका हुन् ।

महासचिव गुरुङले भने, “मुलुकमा १० वर्षे जनयुद्धपछि जुन परिवर्तन भएको छ सबैको त्याग र बलिदानका कारण भएको हो, सहिदहरुले लिएको सपना, सहिदहरुले लिएको उद्देश्य सामन्तवादलाई विस्थापित गर्नु मात्र होइन, वैदेशिक उत्पीडनलाई पनि विस्थापित गर्नु र जनताको बास, गाँस र कपासको ‘ग्यारेन्टी’ गर्नु हो, जसका लागि समाजवादी क्रान्ति आवश्यक छ, एउटै मात्र उद्देश्य पूरा भएको छ सामन्तवादको नेतृत्व गरेको राजतन्त्र विस्थापित भएको छ तर वैदेशिक हस्तक्षेप विस्थापित भएको छैन ।”

देशमा अझै बहुराष्ट्रिय कम्पनीकोे प्रभुत्व कायम रहेको र देश आत्मनिर्भरताको दिशातर्फ जान नसकेको उनको भनाइ छ ।

जनसांस्कृतिक महासङ्घका इन्चार्ज ईश्वरचन्द्र ज्ञवालीले सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि हातमा सारङ्गी, मादल, गितार र हार्मोनियम लिएर जनताका बस्तीलाई जगाउँदै हिँड्दा सहिद बनेका संस्कृतिकर्मीहरूको सपना पूरा गर्न सङ्कल्प गर्न यो दिवस मनाउने गरिएको उनले बताए ।

सहिदको सपना पूरा नभएसम्म अभियान जारी रहने उनको भनाइ छ । कार्यक्रममा जनयुद्धका सहिद परिवार तथा स्रष्टालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : ०० बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र