लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन « Khabarhub

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न लागेको ‘नेपाल इन्भेष्टमेन्ट समिट २०२४’ अर्थात् तेस्रो लगानी सम्मेलनमा ३६ देशबाट ४६५ जनाले सहभागिता जनाउने कन्फर्मेसन पठाएका छन् । 

लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायका अनुसार नेपालले सम्मेलनमा सहभागी हुनका लागि १३५५ जनालाई औपचारिक पत्र पठाएकोमा ४६५ जना विभिन्न देशका कूटनीतिज्ञ, विभिन्न संस्थाका प्रतिनिधि र लगानीकर्ताहरूले सहभागिताको लागि कन्फर्मेसन पठाएका हुन् ।

लगानी बोर्डकाअनुसार अहिलेसम्म लगानी सम्मेलनमा सबैभन्दा धेरै चीनबाट ६४ जनाले सहभागी हुने कन्फर्मेसन पठाएका छन् । त्यस्तै, भारतबाट ५७, जर्मनीबाट १२, बेलायतबाट ११, अमेरिका र बंगलादेशबाट १०-१० जना, युएई र जापानबाट ८-८ जना, दक्षिण कोरियाबाट ७ जना, पाकिस्तान र अस्ट्रेलियाबाट ६-६ जनाले सहभागिताको लागि कन्फर्मेसन पठाएका छन् ।

सिंगापुर, मलेसिया, रसिया, फिनल्यान्ड, कोलम्बिया, क्यानडा, कतार, बेल्जियम, बहराइन, अस्ट्रिया, भियतनाम, थाइल्यान्ड, स्विट्जरल्यान्ड, साउदी अरेबिया, श्रीलंका लगायतका मुलुकबाट पनि लगानी सम्मेलनमा सहभागिता जनाउने कन्फर्मेसन आएको लगानी बोर्डले जनाएको छ । 

बोर्डका अनुसार सम्मेलनमा अहिलेसम्मको कन्फर्मेसनअनुसार सबैभन्दा धेरै नेपाली लगानीकर्ताहरू सहभागी हुनेछन् । साथै इयू र विश्वका विभिन्न अन्तर्राष्ट्रिय कम्पनी तथा संस्थाका ६० भन्दा धेरै प्रतिनिधिहरूले पनि सहभागी हुने कन्फर्मेसन पठाएका छन् ।

लगानी सम्मेलन शुरु हुन अझै १० दिन बाँकी रहेकोले कन्फर्मेसनको संख्या बढ्दै जाने लगानी बोर्डका प्रवक्ता उपाध्यायले बताएका छन् । बोर्डको तथ्यांकअनुसार यसअघि सन् २०१७ मा भएको पहिलो लगानी सम्मेलनमा २१ देशका २५७ जना विदेशी र ५०० जना नेपाली लगानीकर्ताको सहभागिता भएको थियो । 

त्यस्तै, सन् २०१९ मा भएको दोस्रो लगानी सम्मेलनमा ४० देशका ७३५ जना विदेशी र ६ सय जना नेपाली लगानीकर्ताको सहभागिता भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  २ : ३५ बजे

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार

समानुपातिकको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं–  फागुन २१ गतेको निर्वाचनमा नमिठो पराजय व्यहोरेको नेपाली कांग्रेसको

चुनावी हारपछि कांग्रेसको पहिलो बैठक, समानुपातिक सांसद छान्दै (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गतेको निर्वाचनमा नमिठो पराजय व्यहोरेको नेपाली कांग्रेसको

‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न 

काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन