अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक | Khabarhub Khabarhub

अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक सार्वजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ । फिल्ममा अनमोललाई स्टाइलिस रूपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ रहेकी छन् ।

फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने तथा मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेका छन् ।

जेठ १० गते रिलिज हुने यो फिल्मसँगै बहुप्रतिक्षित मल्टिस्टार फिल्म ‘पूजार सार्की’ र पूजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ भिड्दै छन् ।

ट्रेलर हेर्नुहाेस् :

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ५ : ०० बजे

कोशीलगायत पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

जोमसोम–कागबेनी सडक कालोपत्र सुरु

म्याग्दी– मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र

गर्मीका कारण दिल्लीका सबै विद्यालय बन्द

नयाँ दिल्ली – गर्मी बढेपछि भारतको दिल्ली सरकारले सबै विद्यालय

सिरोहिया पक्राउ पर्नुमा प्रहरीका ६ आधार

जनकपुरधाम– प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नुका