नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ | Khabarhub Khabarhub

नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायालाई सपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति थियो। 

संवैधानिक परिषद्को सिफारिस र संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गरेका थिए ।  

यसअघि राष्ट्रिय तथ्यांक कार्यालय, थापाथलीमा प्रमुख तथ्यांक अधिकारीको भूमिकामा रहनुभएका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालयमा  सचिवको जिम्मेवारी सम्हालेका थिए । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ५ : २९ बजे

प्रचण्डलाई बाबुरामको चुनौती : प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा गएर चुनाव लडौँ

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासनविना समृद्धि

सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण पत्रकारिताको धर्म : प्रदेश प्रमुख भट्ट

कास्की– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली पत्रकारले दबाब र

एनसीबी कन्फरेन्समा भाग लिएर फर्किए प्रहरी महानिरीक्ष कुँवर

इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ सम्म

अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प छैन : देव गुरुङ

काठमाडौं- नेकपा माओवादी केन्द्र का महासचिव देव गुरुङले अहिलेको अवस्थामा

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २२८ रनको लक्ष्य दिएको