दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा « Khabarhub

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा


६ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।

शनिबार र सार्वजनिक बिदाबाहेक अन्य दिनमा सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ । सेवा बिस्तारका समयमा सेवा लिन आउँदा थप शुल्क तिर्न नपर्ने अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए।

उहाँका अनुसार स्वास्थ्य बिमितलाई स्वास्थ्य बीमामार्फत नै सेवा उपलब्ध गराइनेछ । अस्पतालले सेवा बिस्तार गरेसँगै सबै वर्गका व्यक्तिले सहज रूपमा उपचार सेवा पाउन सक्ने उनले बताए।

कर्मचारीले आफ्नो दैनिक कार्यालय समयबाहेक सेवा लिन सक्ने, विद्यार्थीले आफ्नो अध्ययन छाड्न नपर्ने गरी सेवा लिन सक्ने, ज्याला मजदुरले आफ्नो दैनिक ज्याला मजदुर छाड्न नपर्ने र व्यापार व्यवसायीले आफ्नो व्यापारमा असर नपर्ने गरी सेवा लिन सक्ने छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ७ : ५७ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ