आज २०८१ साल जेठ ५ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ५ गते शनिबारको राशिफल


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार सन् २०२४ मे १८ तारिख। वैशाख शुल्क पक्षको दशमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : खर्च बढ्नेछ। बौद्धिक क्षेत्रमा गरेको लगानीले खुसी पार्नेछ। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। परिवारको साथ सहयोग प्राप्त हुनेछ।

वृष : समय राम्रो छ। साथीभाइसँग भेटघाट हुनेछ। मिठो खान पाइने छ। पारिवारिक सुख मिल्नेछ। स्वास्थ्यमा लाभ र शिक्षामा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साहित हुनेछ।

मिथुन : राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा लाभ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : कुरा काट्नेहरु सक्रिय छन्। ठुलो लगानी नगर्नु उपयुक्त हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। कृषिमा गरेको लगानीले फाइदा दिनेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ।

सिंह : शिक्षामा उन्नति हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ। स्वास्थ्यमा गडबढी हुने देखिन्छ। पारिवारिक झमेला हुनेछ।

कन्या : समय राम्रो छ। आम्दानी बढ्नेछ। मनमा हुने बेचैनीले तनाव बढ्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीमा फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुला : खर्च बढ्ने योग छ। शिक्षामा कमजोरी हुनसक्छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक मेलमिलाप सन्तोषजनक रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : आम्दानी बढ्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यमा समस्या हुने दिन छ। कम बोल्नु राम्रो हुनेछ।

धनु : समय राम्रो छ। दीर्घकालीन योजना बनाएको राम्रो हुन्छ। सामाजिक क्षेत्रमा नाम, व्यापारमा दाम र स्वास्थ्यमा आराम हुने दिन छ। पारिवारिक सम्बन्ध सन्तोषजनक रहनेछ। बोलीले मित्रसँगको सम्बन्धमा खटपट आउनेछ।

मकर : झुटो आरोप लाग्नसक्छ। आफन्तबाट घात हुने योग छ। ठूला योजना नबनाएको राम्रो। पारिवारिक सहयोग भने मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : महत्तवपूर्ण काम गर्नु अगाडि विज्ञसँग सुझाव लिनु राम्रो हुनेछ। परिवारको सल्लाहमा अघि बढ्दा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। व्यवहार गर्दा भने सचेत हुनुपर्ने देखिन्छ।

मीन : चुनौतीको सामना गर्नुपर्नेछ। सफलता मिल्नेछ। सबै क्षेत्रमा गरेको लगानीबाट सामान्य लाभ मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। नसोचेका व्यक्तिबाट सहयोग मिल्नेछ। परिवारको साथ रहनेछ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ४ : ५९ बजे

तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकमाथि नथोपर्न आग्रह

काठमाडौं- सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित