टेक्सासमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या सात पुग्यो « Khabarhub

टेक्सासमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या सात पुग्यो


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेक्सासको ह्युस्टन सहरमा खराब मौसमसँगै आएको आँधीका कारण मृत्यु हुने सङ्ख्या सात पुगेको सरकारी अधिकारीले बताएका छन् ।

अमेरिकाको चौथो ठुलो सहर ह्युस्टनमा बिहीबार भएको भारी वर्षासँगै प्रतिघण्टा सय माइलसम्मको गतिमा आएको हावाले गर्दा थप तीन जनाको मृत्यु पुष्टि भएसँगै मृतकको सङ्ख्या सात पुगेको छ ।

तीव्र आँधीका कारण आवासीय क्षेत्रमा रूख र बिजुलीका तार खसेका छन् भने राष्ट्रिय मौसम सेवाले साइप्रसको उपनगरमा आँधी आएको पुष्टि गरेको छ ।

ह्यारिस काउन्टी शेरिफ एड गोन्जालेजका अनुसार पीडितमा ८५ वर्षीया महिला पनि समावेश छन् जसको घरमा बिजुलीको प्रहारले आगलागी हुँदा मृत्यु भएको थियो ।

आँधी प्रभावित क्षेत्रको ठूलो भागमा बिजुली काटिएपछि आफ्नो अक्सिजन ट्यांकी भर्न जानेक्रममा ६० वर्षीय व्यक्तिलाई अचेत अवस्थामा फेला परेमा ती व्यक्ति मृत घोषित गरिएको थियो । अर्का एक ५७ वर्षीय व्यक्तिको बिजुलीको पोल सार्ने क्रममा पोल खसेर मृत्यु भएको पुष्टि भएको छ । ह्युस्टनका मेयर जोन ह्विटमिरेले आँधीपछि चार जनाको मृत्युको यथेस्ट विवरण तुरुन्त उपलब्ध नभएको जानकारी दिएका छन्  ।  

तेल र पेट्रोकेमिकल्सको वरिपरि केन्द्रित अर्थोपार्जन भएका २.३ मिलियन मानिसको घर ह्युस्टनमा स्कुलहरू शुक्रबार बन्द गरियो भने गैर-आवश्यक कामदारहरूलाई घरमै बस्न आग्रह गरिएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १ : ३७ बजे

महिला श्रमिकको पीडा : न सुरक्षा, न समान ज्याला

काठमाडौं– अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, विशेष गरी महिला श्रमिकहरूले सरकार

आगलागीबाट एक महिनामा आठ जनाको मृत्यु 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका