अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु  « Khabarhub

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीन जना विदेशी स्पेनिस नागरिक भएको पुष्टि भएको छ ।

जसमध्ये दुई जना महिला र एक जना पुरुष रहेको स्थानीय प्रहरी अधिकारीले शनिबार बताएका छन् । 

सो घटनामा स्पेन, नर्वे, अस्ट्रेलिया र लिथुआनियाका चार विदेशी नागरिक पनि घाइते भएको बाम्यानका प्रान्तीय प्रहरी प्रवक्ता मुहम्मद खवानी रसाले बताए।  

विदेशी नागरिक बाहेक गोली हानाहानमा एक अफगानी नागरिक मारिनुका साथै अन्य तीन अफगानी घाइते भएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले सामाजिक सञ्जाल एक्समा बताएका छन् । 

सो घटनाको अनुसन्धानका क्रममा चार सन्दिग्धलाई पक्राउ गरिएको पनि कानीले उल्लेख गरेका छन् । 

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ३ : ४७ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड