बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ? « Khabarhub

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे । सभामुखको निवास पनि बालुवाटारमै भएकाले फुत्त प्रधानमन्त्रीको निवासमा छिर्न कुनै गाह्रो कुरा हैन, तर व्यवस्थापिका संसदको नेता मानिने सभामुख र सत्तापक्षका नेतावीचको  बैठकलाई शक्ति सन्तुलनका दृष्टिले भने चासोका साथ हेरिनु स्वाभाविकै हो ।

पत्रकार महासंघको कार्यक्रममा ‘संसद सधैं बन्धन बन्न सक्दैन’ भनेर भाषण गरेका सभामुख घिमिरेले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि त्यहाँ मिसिए ।

सभामुख घिमिरेले सत्तापक्षको कुरा सुनेर असन्तुलित व्यवहार देखाएको भनेर नेपाली कांग्रेसले आरोप लगाइरहेका बेला बालुवाटारमा सत्तापक्षका नेताहरुसँग सभामुख घिमिरेले छलफल गरेका हुन् ।

सहकारीको ठगीबारे छनविन समिति बनाइनुपर्ने माग गर्दै विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध पारिरहेका बेला सभाुमख घिमिरे किन प्रधानमन्त्री निवास बालुवाटार पुगे ? के उनले विपक्षीको माग पूरा गराउन सत्तापक्षलाई दबाव दिएका हुन् ? त्यसो होइन भने यो भेटवार्ताले सभामुखमाथि सत्तापक्षको योजनामा साक्षी बस्न गएको आरोप लाग्ने जोखिम निम्त्याउने देखिन्छ ।

सभामुख र सत्तापक्षका नेताहरुवीच यस्तो बेलामा भेट भएको छ, दुई दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय समिति नबनेसम्म संसदको अवरोध यथावत राख्ने अडानमा छ ।

यो पनि-

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे

विहीबार संसदमा भएको हंगामा लगत्तै नेपाली कांग्रेसले सभामुखको तटस्थ भूमिकामाथि प्रश्न उठाएको अवस्था छ । कांग्रेसको अवरोधकै वीच सभामुखले जबर्जस्ती बैठकको कारवाही अघि बढाउन खोज्दा संसदमा अप्रिय स्थिति आएको कांग्रेस संसदीय दलले निष्कर्ष निकालेको छ।

विहीबार संसदमा भएको विवादलगत्तै आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापाले सत्तापक्षका तीन नेतासँग सभामुखले गोप्य बैठक राखेको र त्यहीँको निर्देशनअनुसार चल्न खोजेको आरोप लगाएका थिए । त्यसको दुईदिनपछि बालुवाटारमा सत्तापक्षका नेताहरुसँग सभामुखको बैठक बसेको हो ।

त्यसो त सभामुख घिमिरेले केही दिनयता संसदको अवरोध खुलाउनका लागि दलका नेताहरुसँग तारन्तार छलफल गर्दै आएका छन् । उनले कांग्रेसका नेताहरुसँग पनि सम्वाद गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ४ : ४१ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा