काठकाडौं– प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीलाई दिए सभामुख देवराज घिमिरेले तीन सुझाव दिएका छन् ।
आज दिउँसो तीन बजे प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख घिमिरे र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटघाट भएको थियो ।
त्यसपछि सभामुखले प्रधानमन्त्री तथा सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीलाई सुझाव दिएको सभामुखको सचिवालयले बताएको छ ।
यस्तो छन् तीन सुझाव
-प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस् । म निर्वाध र सौहार्द्रपूर्ण ढंगबाट संसद् सञ्चालन होस् भन्ने चाहन्छु । जति बल गरेर संसद् चलाए पनि एक क्षणमा त सहमति गर्नुपर्छ । पछि होइन, अहिल्यै सहमति गर्नुहोस् । भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस् ।
-नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश जाँदैन ।
-सार्वजनिक सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन । अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद् र जनप्रतिनिधिको महत्त्व घटेर जान्छ ।
अहिले प्रधानमन्त्रीले कांग्रेससँग बसेर सहमति गर्नका लागि छलफल गरिरहेका छन् । गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने पनि सहभागी छन् ।
त्यसपछि पुनः सत्ता पक्षका नेताहरूबीचको बैठक बस्ने बताइएको छ ।
प्रतिक्रिया