छुद्र ग्रहमा पहिलोपटक देखिएको ‘जागरण’ के हो ? « Khabarhub

छुद्र ग्रहमा पहिलोपटक देखिएको ‘जागरण’ के हो ?


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– खगोलविद्हरूले पहिलो पटक एउटा महाविशाल ब्ल्याक होल आफ्नो होस्ट आकाशगङ्गाको हृदयलाई प्रज्वलित गर्दै जागेको अवलोकन गर्न सक्षम भएको युरोपेली दक्षिणी वेधशालाले बताएको छ ।

अचानक पहिलेभन्दा उज्यालो हुन थाल्नुअघि कन्या नक्षत्रमा पृथ्वीबाट ३० करोड प्रकाश वर्ष टाढा आकाशगङ्गा सन् २०१९ को अन्त्यसम्म दशकौँदेखि शान्त थियो ।

एउटा महाविशाल ब्ल्याक होल बसेको अनुमान गरिएको उक्त आकाशगङ्गाको केन्द्रले त्यसबेलादेखि विभिन्न प्रकारका किरणहरू उत्सर्जित गरिरहेको छ ।

“यो व्यवहार अभूतपूर्व हो”, युरोपेली दक्षिणी वेधशालाका खगोलशास्त्री तथा एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा नयाँ अध्ययनको पहिलो लेखक पाउला सान्चेज स्याजले भने ।

“यो उज्यालोलाई व्याख्या गर्नका लागि सबैभन्दा ठोस विकल्प भनेको खगोलविद्हरूले वास्तविक समयमा एउटा विशाल ब्ल्याक होलको सक्रियतालाई हेरिरहेका थिए”, अध्ययनकी सह–लेखिका लोरेना हर्नान्डेज गार्सियाले भनिन्‌ ।

हाम्रो आफ्नै आकाशगङ्गासहित अधिकांश आकाशगङ्गाहरूको केन्द्रमा अतिविशाल ब्ल्याक होल रहेको विश्वास गरिन्छ । यी ब्रह्माण्डीय राक्षसहरू परिभाषाद्वारा अदृश्य छन् । यहाँसम्म कि प्रकाश पनि उसको अद्भुत शक्तिको खिचाइबाट बच्न सक्तैन ।

ब्ल्याक होलको निरीक्षण गर्ने एक मात्र तरिका भनेको उसले कुनै विशाल चिजलाई नष्ट गर्दा उक्त चिजले आफ्नो मृत्युको समयमा प्रकाश छाड्दछ । जस्तो कि एउटा तारा अत्यन्त नजिक टुक्रा टुक्रा भएर बहकिरहेको थियो ।

“यी विशाल राक्षसहरू सामान्यतया सुतिरहेका हुन्छन्”, अध्ययनका सह–लेखक क्लाउडियो रिक्कीले भने, “तर आकाशगङ्गा एसडिएसएस१३३५ं०७२८ का लागि हामी विशाल ब्ल्याक होलको जागरणको निरीक्षण गर्न सक्षम थियौँ, यसले अचानक वरपर उपलब्ध ग्यासमा भोजन गर्न थाल्यो र अत्यन्त उज्यालो भयो ।”

यो ब्ल्याक होलको द्रव्यमान सूर्यभन्दा १५ लाख गुणा धेरै रहेको प्रारम्भिक अवलोकनले सङ्केत गरेको छ । यसलाई महाविशाल ब्ल्याक होलका रूपमा वर्गीकृत गर्न पर्याप्त छ । तर वास्तविक हेभिवेट (भारी वजन)हरू सजिलै सूर्यको द्रव्यमानभन्दा एक अर्ब गुणा धेरै भएकाले यो अहिले पनि हलुका स्तरमा छ ।

खगोलविद्हरूको अन्तर्राष्ट्रिय टोलीले ब्ल्याक होलको गतिविधि अस्थायी हो कि भनेर निर्धारण गर्ने आशामा धेरै टेलिस्कोपबाट डेटाको विश्लेषण गरिरहेको छ । सम्भवतः तारा टुक्रा टुक्रा भएका कारणले हो वा के यो लामो समयसम्म सक्रिय रहन्छ भन्नेबारे हो ।

“यो त्यस्तो चिज हो जुन हाम्रो आफ्नै आकाशगङ्गाको महाविशाल ब्ल्याक होलमा एसजीआर ए सँग पनि हुनसक्छ”, हर्नान्डेज गार्सियाले भने ।
तर, सौभाग्यले हाम्रो आफ्नै ब्ल्याक होल गहिरो निन्द्रमा सुतिरहेको छ । (रासस/एएफपी)

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १० : ५० बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा