तोरीको दानामा प्वाल खोज्ने होड | Khabarhub Khabarhub

तोरीको दानामा प्वाल खोज्ने होड



एकपटक अमेरिकी विमान निर्माण कम्पनी बोइङले विज्ञानका प्राध्यापकलाई निःशुल्क हवाई यात्रामा निम्तो दियो। बोलाइएका सबै शिक्षक विमानमा चढे। विमानको ढोका बन्द गर्नासाथ पाइलटले घोषणा गरे- ‘सबै वैज्ञानिक जनकार हुनुहुन्छ कि यो विमान तपाईंहरुबाट दीक्षित विद्यार्थीले बनाएका हुन्। आज यो विमानको पहिलो परीक्षण उडान हो। के तपाईं यतिबेला गर्व महसुस गर्नुहुन्छ ?’

यो सुनेर शिक्षकले आँसु झारे। सबैजना हतार हतार सिट बेल्ट खोलेर ओर्लने तर्खर गर्न लागे। को पहिला ओर्लने भन्ने हानाथापले आत्तिने, रुने, कराउनेसम्मका दृश्य देखिए। एकातिर यसखाले घन्चमन्च चहिरहँदा एकजना प्राध्यापक निस्फिक्री जहाजको सिटमा बसिरहेका थिए।

अर्का प्रोफेसरले चुपचाप बसेको देखेर सोधे- ‘विद्यार्थीले बनाएको त्यो पनि परीक्षण उडान भर्नु पर्दा कति पनि हतास नदेखेर म आश्चर्यचकित छु। अरु सबै ओर्लिंदा पनि तपाईं बिन्दास भएर बस्नु भएको छ। के तपाईंलाई रत्तिभर डर छैन ?’ उनले अनपेक्षित र आत्मविश्वासले भरिएको उत्तर दिए- ‘यदि यो विमान साँच्चै मेरा विद्यार्थीले बनाएका हुन भने ढुक्कले बसे हुन्छ। उड्नु त परैको कुरा यो स्टार्ट पनि हुने छैन।’

२००७ सालको क्रान्तिले राणालाई हुत्यायो विडम्बना क्रान्तिकारी भनिएका परिवर्तनका पक्षधर उही राणाको छहारीमा बनेको सरकारमा समाहित भए। त्यहाँबाट सुरु भएको आधुनिक शासनको मूलद्वारबाट निस्किएका नेताहरुको हाल जहाज बनाउने विद्यार्थीको जस्तै छ। अघिल्लो पुस्ताका नेताले प्रोफेसरको हाल भोगिरहेका छन्। ०७ सालयता नेपाल ७० बढी सरकार बने।

२००७ सालको क्रान्तिले राणालाई हुत्यायो विडम्बना क्रान्तिकारी भनिएका परिवर्तनका पक्षधर उही राणाको छहारीमा बनेको सरकारमा समाहित भए। त्यहाँबाट सुरु भएको आधुनिक शासनको मूलद्वारबाट निस्किएका नेताहरुको हाल जहाज बनाउने विद्यार्थीको जस्तै छ। अघिल्लो पुस्ताका नेताले प्रोफेसरको हाल भोगिरहेका छन्। ०७ सालयता नेपाल ७० बढी सरकार बने। १४ सय हाराहारीले मन्त्रीको जागिर खाए। आफ्नो दलका नेता कार्यकर्ताले जागिर खाएका बेला देशको कायाकल्प भएको आत्मरतिमा ती दलका नन्दी, भृंगी, चण्डमुण्ड उफ्रिए पनि यो देशको राजनीतिले जनताको भावना कहिल्यै स्पर्श गरेन। कुर्सीमा पुग्नेहरु बेतुकका कालिदास प्रमाणित भए। भारत र चीनमा पानी पर्दा यहाँ छाता ओढ्नेहरु देशका मार्गदर्शक भए। लोकतन्त्रको व्याख्या सामाजिक सन्तुलनमा नभएर नेताहरुको ओठे जवाफमा अनुवाद हुँदै आयो।

दूरदर्शी नेता भनिएका बीपी कोइराला समेत इन्दिरा गान्धीको निरंकुश चेपुवामा परेपछि राष्ट्रियताको सवालमा राजासँग घाँटी जोडिएको भन्दै स्वदेश फर्किए। जबकी २०१७ सालमा ‘कू’ हुनुअघि देखि नै राजासँग मिल्दा कांग्रेसको भलो हुन्छ भन्ने मत राख्दै आएका सुवर्णशम्शेरको आवाजलाई कहिल्यै महत्व दिइएको थिएन। फलस्वरुप आफू अनुकूलको व्याख्या अपव्याख्याका कारण नेपालको राजनीति छाते च्याउभन्दा माथि उठ्न सकेन। नेपाललाई देशभन्दा स्वार्थको बजार बनाउन नेताहरुको शतप्रतिशत योगदान रह्यो। राजनीति गर्नेहरु जनताले नबुझ्ने राजनीतिक एजेण्डा लिएर मौसमजस्तै आउने र जाने गरे।

२०१७ सालमा ‘कू’ हुनुअघि देखि नै राजासँग मिल्दा कांग्रेसको भलो हुन्छ भन्ने मत राख्दै आएका सुवर्णशम्शेरको आवाजलाई कहिल्यै महत्व दिइएको थिएन। फलस्वरुप आफू अनुकूलको व्याख्या अपव्याख्याका कारण नेपालको राजनीति छाते च्याउभन्दा माथि उठ्न सकेन।

अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई एक हितैषीले पत्रिका छापिएको देखाउँदै भने– ‘हेर्नुस त अन्य मानिस तपाईंको कति आलोचना गर्छन्। तपाईं किन प्रतिवाद गर्नुहुन्न ?’ लिंकनले सटिक जवाफ दिए– ‘वादप्रतिवादको चक्करमा परिहने हो भने देशको सेवा कहिले गर्नु ? यदि मेरो कर्मले जनताको भलो भयो भने आलोचकको मुख आफैं बन्द हुन्छ, तर यदि म जनताको सुविधाप्रति बेखबर भएँ भने मलाई यस्तो आलोचनाबाट कसैले बचाउन सक्दैन।’
हो, फल नलागेको रुखमा कसले झट्टी हान्छ र ? तर आफूलाई आलोचनाभन्दा माथि राख्न खोज्नु भनेको ओरालो यात्राको प्रारम्भ हो भनेर बुझे हुन्छ। हिजोसम्म आफू चढेको हाँगा आफैं ठुन्क्याउन अघि सर्ने कालिदासहरु मन्त्री, प्रधानमन्त्री भएलगत्तै चाणक्य भएको भ्रममा उचालिन थाले। जमिन विनाको फूर्ति आखिर कुर्सी खोसिएको भोलिपल्ट मुसिको भवःमा परिणत हुने नै भो।

नरेन्द्र मोदी, चिन फिङको अर्ती उपदेशमा जडभरत भएका नेतालाई आफ्नो सक्कली अनुहारमा आउन समेत कठिनाइ भएको छ। कसले पत्याउँछ यिनीहरु क्रान्तिवीर हुन भनेर। सर्वशक्तिमान भएर राजनीतिमा उदाएका प्रचण्ड एउटा फौजीको चुनौती व्यहोर्न नसक्दा आफैं खुम्चिए। एउटा सिपाही, हवल्दार फेर्न नसक्नेले राजा फाल्यौं भनेर दिएको गफ र छेपाराको कथामा समान तौल छ।

सर्वशक्तिमान भएर राजनीतिमा उदाएका प्रचण्ड एउटा फौजीको चुनौती व्यहोर्न नसक्दा आफैं खुम्चिए। एउटा सिपाही, हवल्दार फेर्न नसक्नेले राजा फाल्यौं भनेर दिएको गफ र छेपाराको कथामा समान तौल छ।

नेताहरुको यही तोरीलाहुरे प्रवृत्तिले देशको शरीर त चलेको छ तर शिरामा रगत छैन्। परनिर्भरताको नदीमा अर्थतन्त्र पौडी खेलिरहेको छ। आफ्नो मध्येको एउटालाई पोस्न देशको कानुन फेरिन्छ। शत्रुलाई सिध्याउन कानुन भुत्ते बनाइन्छ। बालुवाटारका प्रधानमन्त्री सर्वशक्तिवान बन्दा सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालय जोक्कर बन्छ। अरु मन्त्रीले नरुचाएका, फाजिल, उब्रेका प्रशासक प्रधानमन्त्री कार्यालयमा डम्पिङ गरिन्छ। प्रधानमन्त्रीको बार्गेनिङ पावर बढाउन अप्राकृतिक निकाय प्रधानमन्त्री कार्यालय मातहत ल्याइन्छ। किन ल्याइयो ? सोध्नेहरुको पखेटा काटिन्छ। सरकारले भोटबाट प्राप्त प्राविधिक हैसियत त प्राप्त ग-यो। तर सामाजिक स्वीकृति टाढिँदै गयो।

सरकारका मुखियाहरुले आर्थिक समृद्धिको प्यारोडी गाइरहँदा देशभर असारे विकासको साम्राज्य छ। अरुबेला ओल्लो टेबलबाट अर्को टेबलमा जान झर्को फर्को गर्ने फाइलहरु यतिबेला ड्रोन शैलीमा उडिरहेका छन्। ५ बज्दा नबज्दै आग्लो लाग्ने सरकारी कार्यालयका कर्मचारी रातभर जागा रहेरै पनि समृद्धिको लक्ष्य भेट्न मरिमेटेर लागेका छन्। दुई दशकअघि नै ८ प्रतिशत आर्थिक विकासको अंक टेकेको देश दुई दशकपछि धिपधिपमा छ। कार्यक्रम हैन खल्तीपिच्छे ‘सपिङ लिस्ट’ बोक्ने नेता भएपछि यो भन्दा परको परिणाम कल्पनासम्म गर्न सकिन्न। देश यस्तो असामान्य परिस्थितिमा गुज्रिंदा पनि हाम्रा गतिविधि सामान्य छन्।

दैनिक जनताको गोजीबाट खोसिएको करोडौं रुपियाँ भ्रष्टाचारीको पोल्टामा पुग्दा कसैलाई कर्तव्यको आगोले पोल्दैन। बरु राज्य संयन्त्र संगठित अपराधको चंगुलमा फसेकोमा आत्मगौरव पालेर भोज गर्नेहरु बढेका छन्। भाषणमा क्रान्तिका स्वर अलापे पनि नेचर, कल्चर र सिग्नेचर फेर्ने हिम्मत कसैमा देखिदैन्। नेपाल नै कायापलट गर्ने संकल्प बोकेका नेताहरु अन्ततः पञ्चायतको बोतलमा गणतन्त्रको रक्सी भर्नमा आनन्द लिइरहेका छन्।

भाषणमा क्रान्तिका स्वर अलापे पनि नेचर, कल्चर र सिग्नेचर फेर्ने हिम्मत कसैमा देखिदैन्। नेपाल नै कायापलट गर्ने संकल्प बोकेका नेताहरु अन्ततः पञ्चायतको बोतलमा गणतन्त्रको रक्सी भर्नमा आनन्द लिइरहेका छन्।

अरुप्रति कठोर वाण प्रहार गर्न खप्पीस हामी आफ्नै समाजमा रहेका भाइबन्धुका कठोर मौनताप्रति आँखा चिम्लन्छौं। जसरी फलामलाई आफूभित्रकै खियाले सिध्याउँछ, त्यसरी नेपाली समाज आफूभित्रकै भाइरसबाट थङ्थिलो बन्दैछ। संसार बदल्ने त कति जन्मिए कति तर आफूलाई बदल्ने साहस कसैले गर्न सकेनन्। गफको विकल्प काम कहिल्यै भएन। हुँदाहुँदा चिया पसल, भट्टीदेखि खाडीका भेडी गोठमा काम गर्ने नेपालीहरु समेत आफ्नो खाएर अरुमाथिको आक्रमणमा रमाइरहेका छन्।

व्यक्तिपिच्छेका फेसबुक बुलेटिन आफ्ना अयोग्यता झल्काउने माध्यम बनेका छन्। भनिन्छ, अल्छीहरु आधा जिन्दगी के गर्ने भन्ने सोचाइमा बर्बाद गर्छन। र बाँकी जीवन गर्न नसकिएका कामको कारण खोज्दै विताउँछन रे ! त्यसैले असल कामको आरम्भ भएन भने अन्ततः पुगिने खराब कामको गन्तव्यमा नै हो।

अल्छीहरु आधा जिन्दगी के गर्ने भन्ने सोचाइमा बर्बाद गर्छन। र बाँकी जीवन गर्न नसकिएका कामको कारण खोज्दै विताउँछन रे ! त्यसैले असल कामको आरम्भ भएन भने अन्ततः पुगिने खराब कामको गन्तव्यमा नै हो।

मानिस केही पाउनकै लागि स्तुति गर्छन। तर निन्दा भने निन्दाकै लागि गर्छन। मान्छे अर्काको राम्रो होइन नराम्रो भन्न र सुन्नमा रस लिन्छ। निन्दा रसिलो हुन्छ भने प्रशंसा निरस। अर्काको सम्पन्नताको निन्दा गर्दा मान्छेले आफ्नो विपन्नताको औचित्य सिद्ध गरिरहेको हुन्छ।

राष्ट्रिय स्वाधीनताका नाममा चार हात उफ्रिने तर अलिकति गुलियो चाट्न पाउने बित्तिक्कै लत्रिने देशप्रेमको उखरमाउलोले धेरैलाई उकुसमुकुस पारेको छ। यही उकुसमुकुसमा सरकारका मन्त्रीहरु बेलगाम जे मुखमा आयो त्यही बोल्दै हिँडिरहेका छन्। सरकारी संयन्त्रले १०–५ को एकलव्य रुटिनबाट तलमाथि जानुपर्ने दरकार सम्झिएको छैन्। सरकारभित्र थुप्रै सरकार छन्। सरकार बाहिर सरकारलाई होच्याउन गर्जन गर्नेहरुको ठूलो समूह छ। आमा नचाहिने, मामा नभई नहुने अनौठो संघीयताको अभ्यास भइरहेको छ। यी सबै मिलाउने भरलाग्दो राजनीतिक इन्जिनियर सतहमा देखिएको छैन्।

खरानीबाट आगोको झिल्को उधिनेर उन्नति गरेका चीन, जापान, कोरिया, भियतनाम, पोल्याण्डजस्ता मुलुक चहर्याएको घाउमा कसरी मल्हम लगाउन सफल भए भन्ने आत्मज्ञानप्रतिको आकर्षण अहिलेको यक्ष विषय हो। मान्छेलाई आदिबासी, जनजाति, मधेशी, दलित, क्षेत्री बाहुनमा विभाजित गर्ने पण्डितहरु अभावबाट मुर्छितहरुको अवस्थासँग बेखबर छन्। प्रारब्धको यो झड्काले राजनीतिक दाउपेचभित्रको अपराधलाई चिराधरा पारेको छ।

मुलुकमा साम्यवाद ल्याउन क्रान्तिका नाममा हजारौं मानिस मार्दा पनि एउटा रौं नझरेको बरु आफैं खुइलिँदै गएका नेताहरु बढ्दो गरिबीले विशुद्ध साम्यवाद ल्याइदिएको देखेर तीन चित परेका छन्।

नेपाल र नेपालीको भाग्य विधाता आफूलाई ठान्ने भ्रम पालेको राजनीतिक नेतृत्व यी सबै दृश्यबाट सिताङ्ग बनेको छ। मुलुकमा साम्यवाद ल्याउन क्रान्तिका नाममा हजारौं मानिस मार्दा पनि एउटा रौं नझरेको बरु आफैं खुइलिँदै गएका नेताहरु बढ्दो गरिबीले विशुद्ध साम्यवाद ल्याइदिएको देखेर तीन चित परेका छन्। विदुर नीति भन्छ-
यद्धात्रा निजभालपट्टलिखितं स्तोकं महद्वा धनं
तत्प्राप्नोति मरुस्थलेकपि नितरां मेरौ ततो नाधिकम्
तद्धीरो भव वित्तवत्सु कृपणां वृत्तिं वृथा मा कृथाः
कूपे पश्य पयोनिधावपि घटो गुल्हाति तुल्यं जलम्।

अर्थात भाग्यले निधारमा धेर थोर जे जति धन पाउँछ भनी कोरिदिएको छ, त्यति धन मरुभूमिमा गएपनि मनुष्यले अवश्य पाउँछ। त्योभन्दा बढी सुमेरु पर्वतमा गए पनि पाउँदैन। तसर्थ धैर्य गर, धनीहरु कहाँ गएर दयाको भीख नमाग। हेर, इनार र समुद्र जहाँ थापे पनि गाग्रीमा भरिने पानी उत्ति नै हो। टुटेको मन जोड्ने संकल्प एकमात्र एकलव्य बाटो हो। राजनीतिक झण्डा बोकेर नेपाली मन बिथोल्ने विरुद्धको खबरदारी सबैको समान कर्तव्य हो। देश विकास विदेशी अनुदानले भएको उदाहरण संसारमा कतै छैन। आफ्नै श्रम, सीप र जाँगरबाट मात्र त्यो सम्भव छ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ९ : २५ बजे

अवरुद्ध कर्णाली करिडोर खुल्यो

मान्म– पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि

१४ जना जुवाडे पक्राउ  

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२

सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

त्रिवेणी– यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय

मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय

काठमाडौं– अहिले कति बेला पानी पर्छ । कति बेला घाम

सरकारमा पठाउने मन्त्रीहरुबारे कांग्रेसको कोइराला समूहमा छलफल

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा पार्टीका तर्फबाट