कर्णालीको बजेटमाथि छलफल  | Khabarhub Khabarhub

कर्णालीको बजेटमाथि छलफल 


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटमाथि छलफल सुरु भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको १२औँ बैठकमा भाग लिँदै राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेसँगै छलफल सुरु भएको हो । 

छलफलको प्रारम्भमा भाग लिँदै प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीवविक्रम शाहले कर्णाली प्रदेशले आफ्नो आन्तरिक राजस्व वृद्धिमा ध्यान नदिई परनिर्भरतातर्फ उन्मुख भएको आरोप लगाए ।

सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य मंगलबहादुर शाहीले बजेट विनियोजन विभेदकारी भएको टिप्पणी गरे। उनले कालीकोट, जुम्ला र मुगु जिल्ला गरी कूल बजेट २० करोड ६५ लाख हुँदा वीरेन्द्रनगर नगरपालिकाको २४ करोड ५६ लाख हुने गरी वितरण गर्ने प्रणाली असन्तुलित र अन्यायपूर्ण भएको बताए। यसलाई तुरुन्त सच्च्याउनुपर्ने अन्यथा त्यसको विरोधमा उठ्ने सदस्यले शाहीले चेतावनी दिए । 

सत्तासाझेदार नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेत टेकराज पछाइले बजेट सारमा सकारात्मक र जनमुखी आएको र त्यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य सर्त हुनुपर्नेमा जोड दिए। 

नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य कल्याणी खड्काले महिला, बालबालिका, दलित, हिंसा पीडितको न्याय, सुशासन र मानव अधिकारको प्रवर्द्धन हुने गरी बजेटलाई अन्तिम रूप दिनुपर्नेमा जोड दिए।     

बैठकमा प्रदेशसभा सदस्यहरू जानकी सिंह, भीमप्रकाश शर्मा, तुलसा मल्ल, कृष्णबहादुर बिसी, उर्मिला विश्वकर्मा, खड्गबहादुर पोखरेल, सुरेश अधिकारी, देवेन्द्रबहादुर शाही र बलिमाया बुढालगायतले बैठकमा आफ्ना धारणा राखेका थिए। 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १ : २२ बजे

सरकार छाडेपछि रेशमले भेटे प्रधानमन्त्री, रञ्जिता प्रतिपक्षी बेन्चमा

काठमाडौं- नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धन सरकार छाडेपछि नागरिक

शहरी विकास विधेयकबारे उपप्रधानमन्त्री सिंह र भूमिव्यवस्था मन्त्रीबीच छलफल

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका बारेमा

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको

विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट हमासको अपहरणमा परेका कञ्चनपुरका

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सीईओमा सञ्जोग गुप्ता

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सञ्जोग गुप्तालाई प्रमुख कार्यकारी