मल्लिक समितिको सुझाव- सबै प्रकारका कर छुट खारेज, आयकर घटाउने (पूर्णपाठ) « Khabarhub

मल्लिक समितिको सुझाव- सबै प्रकारका कर छुट खारेज, आयकर घटाउने (पूर्णपाठ)


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले नेपालको कर प्रणालीमा केही महत्वपूर्ण सुझावहरू सरकारलाई दिएको छ । 

सार्वजनिक वित्त प्रणालीलाई सबलीकरण र सुदृढ नगरी सरकारले विस्तारकारी वित्त नीतिको अवलम्बन गर्ने विषय सार्वजनिक वित्तको सिद्धान्तको दृष्टिले अनुकूल नमानिने भन्दै अर्थतन्त्रको बाह्य क्षेत्र, सार्वजनिक वित्त, वित्तीय क्षेत्रमा देखा परेका दबाब र जटिलताले राजस्वका क्षेत्रमा देखापरेका समस्या तत्काल, मध्यकालमा र दीर्घकालमा योजना बनाएर सुधार गर्न आवश्यक भएको भन्दै समितिले सुझाव दिएको हो ।

कर प्रणाली सुधार समितिले बुझायो प्रतिवेदन

समितिले समानता कायम गर्न, उच्च आर्थिक वृद्धि गर्न रोजगारी सिर्जनालाई प्रमुख लक्ष्य निर्धारण गरेर संघीय राजस्व नीति र दीर्घकालीन कर सुधारको लागि समयबद्ध कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।

उच्च करका दरबाट भन्दा व्यवसाय गर्न उत्प्रेरणा हुने उपयुक्त न्यून करका दरबाट आर्थिक वृद्धि गर्न सकिने मान्यताका आधारमा कर तथा भन्सार दरको पुनर्संरचना गर्नुपर्ने विषय समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

आर्थिक वृद्धिका संवाहक क्षेत्रलाई सहुलियतपूर्ण करको दरको व्यवस्था गर्न, खर्चको नोक्सानी सार्न सीमा हटाउने र अनुसन्धान तथा प्रदूषण नियन्त्रणका सबै खर्च सोही वर्ष नै गर्नुका साथै आयकरमा दिएका आवधिक छुटहरू हटाउने गरी कर कानूनहरूको पुनरावलोकन गर्न समितिले सिफारिस गरेको छ ।

करको छुटको अनुसूचीमा रहेका वस्तु तथा सेवाको पुनरावलोकन गरी कर छुट हटाएर करधारको विस्तार गर्नुपर्ने र आगामी पाँच वर्षभित्रमा सबै प्रकारका करका छुटको व्यवस्था खारेज गर्नुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ । 

साथै आयोगले सालबसाली आर्थिक ऐनबाट सारभूत कानून संशोधन गर्ने परिपाटी हटाउनुपर्ने, आयकर घटाउँदै लैजानुपर्ने र सामाजिक सुरक्षा योगदान करलाई ५ प्रतिशत पुर्याउनुपर्ने विषय समितिले प्रतिवेदनमार्फत सरकारलाई सुझाव दिएको छ ।

भन्सार महसुल दरबन्दीलाई आन्तरिक उत्पादन संरक्षण गर्ने, अर्थतन्त्रको लागत कम गर्ने, व्यापार सहजीकरण एवं राजस्व जोखिम कम हुनेगरी अध्ययन तथा विश्लेषणका आधारमा निर्धारण गर्नुपर्ने समितिले औंल्याएको छ ।

समितिले बजेटको विश्वसनीयतामा वृद्धि, बजेट क्यालेन्डरको पालना, बजेट प्रणालीमा सुधार, सामाजिक सुरक्षा खर्चको पुनरावलोकन, पेन्सन प्रणालीमा सुधार तथा अनुदान विनियोजनको पुनरावलोकन गर्न सुझाव दिएको जनाएको छ ।

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले फागुन १ गते मन्त्रीस्तरीय निर्णय गर्दै कर प्रणाली सुधारसम्बन्धी अध्ययन गर्न विद्याधर मल्लिकको अध्यक्षतामा श्यामप्रसाद दाहाल, प्रा.डा. रामप्रसाद ज्ञवाली र लक्ष्मण अर्याल सदस्य रहेको समिति गठन गरेका थिए । सोही समितिले अर्थमन्त्रीलाई नेपालको कर प्रणाली सुधार सम्बन्धी अध्ययन गरेर प्रतिवेदन बुझाएको हो ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  २ : ४८ बजे

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर