सामसङलाई टक्कर दिन भारतमा प्लान्ट खोल्दै चिनियाँ कम्पनी भिभो « Khabarhub

सामसङलाई टक्कर दिन भारतमा प्लान्ट खोल्दै चिनियाँ कम्पनी भिभो


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको स्मार्टफोन कम्पनी भिभोले नयाँ मोबाइल उत्पादन योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअनुसार भिभोले भारतमा आगामी महिना जुलाईदेखि मोबाइल प्लान्ट सुरु गर्ने भएको छ ।
यो भारतमा अहिलेसम्मकै ठूलो मोबाइल प्लान्टमध्ये एक हुने नवभारत टाइम्सले उल्लेख गरेको छ ।
यस प्लान्टमा हरेक साल १२० मिलियन स्मार्टफोन बनाउन सकिने छ । यसका लागि भिभोकोतर्फबाट भारतमा ३००० करोड भारतीय रुपैयाँ लगानीको घोषणा पनि भएको छ ।
यस प्लान्टलाई भारतीय कम्पनीसँगको साझेदारीमा चलाइने भएको छ । यसका लागि अहिले भिभो भारतमा साझेदारीका लागि स्थानीय कम्पनी खोजिरहेको छ ।
साझेदारीका लागि वार्ता 
यसका लागि टाटा समूह र गुरुगप्पा समूहसँग अहिले भिभोले वार्ता गरिरहेको छ । यसअघि इन्डियन कन्ट्र्याक्ट म्यषान्युफ्याक्चर डिक्सन टेक्नोलोजीसँग साझेदारीका लागि कुरा भएको थियो ।
तर दुई पक्षको सेयर भ्यालुएशनमा कुरा मिल्न सकेको थिएन । यसबारेमा अहिलेसम्म भिभो, डिस्कसन र टाटाले औपचारिक रुपमा केही कुरा सार्वजनिक गरेका छैनन् ।
बर्सेनि १२० मिलियन मोबाइल बनाइने 
भिभो अहिले पनि भारतको सबैभन्दा ठूलो स्मार्टफोन ब्रान्ड हो । भिभोको नयाँ स्मार्टफोन म्यान्यूफ्याक्चरिङ युनिट १७० एकडमा फैलिने छ ।
भिभोको यो प्लान्ट ग्रेटर नोएडामा हुने छ । भिभोले यदि यो प्लान्ट खोलेमा भारतमा उसको टक्कर सामसङसँग हुने छ।
भारतमा सामसङको आफ्नै स्मार्टफोन म्यान्युफ्याक्चरिङ्ग युनिट छ, जुन भारतको सबैभन्दा ठूलो मोबाइल म्यान्युफ्याक्चरिङ युनिटका रुपमा परिचित छ ।
अहिले सामसङको यस प्लान्टमा बर्सेनि १२० मिलियन युनिट मोबाइल फोन बनाइन्छ । यसअघिसम्म भिभोको पुरानो म्यान्युफ्याक्चरिङ प्लान्टमा बर्सेनि ४० मिलियन स्मार्टफोन बनाउँथ्यो । जसलाई माइक्रोम्याक्सको भगवती इन्टरप्राइजेजले लिजमा लिएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै