गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढे | Khabarhub Khabarhub

गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढे


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

रसुवा– यस वर्ष गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढेका छन् । गोसाइँकुण्डमा यस वर्ष एक हजार छ सयभन्दा बढी तीर्थालुले गंगादशहरा स्नान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गत जेठ २५ गतेदेखि यही असार २ सम्म आठ सय ८७ महिला र आठ सय पुरुषले गंगादशहरा स्नान गरेको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए। यो सङ्ख्या गत वर्षको तुलनामा ३० प्रतिशतले बढी भएको उनको भनाइ छ । 

समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा पर्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जानेहरूको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्तीटोली खटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए । 

गंगादशहरा स्नानका अवसरमा स्वदेशीसँगै ४९ जना विदेशी पनि सहभागी थिए । स्नानका लागि एक सयभन्दा बढी यात्रुहरू हेलिकप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए । 

चालु आर्थिक वर्षसम्म असार १ गतेसम्म गोसाइँकुण्डमा २१ हजार पाँच सय १८ नेपालीहरू पुगेको निकुञ्जका संरक्षण अधिकृत सापकोटाले जानकारी दिए। केही वर्षअघिसम्म गंगादशहरामा १० दिन र जनैपूर्णिमा पाँच दिन गरी वर्षमा १५ दिन मात्रै गोसाइँकुण्डमा तीर्थ गर्ने चलन थियो । 

काठमाडौँबाट मोटरमा धुञ्चे पुगेपछि सोहि दिन खन्ति, देउराली र चन्दनवारीलगायतका स्थानमा बास बस्न पुग्न सकिन्छ । खाना र बस्नका लागि गोसाइँकुण्ड, लौरीविनायक, चोलाङपाटी,  चन्दनवारी, डिम्सा, देउराली, खन्ति  तिवारीवगर समेतका स्थानमा होटल तथा लज सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : ४३ बजे

स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन् । 

चितवनमा दुई लाख बिरुवा वितरण गरिँदै

चितवन– डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख

संसद्‍मा डीपी र रामहरिबीच भनाभन, एकअर्कालाई आरोप लगाउँदा झिके ‘चोर’को प्रसंग

काठमाडौं– भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन

कोशी पीडितका असारे गीत – सम्झने पानी छम्कने…

काठमाडौँ –रोप न रोप रोपारै रानी म पँज्याइदिउँला बिउहलीलाई दिउँला

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो कोशी प्रदेश सरकार

काठमाडौं– कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने