एमालेको स्पष्टीकरण : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको छैन, उहाँ हाम्रो अभिभावक « Khabarhub

एमालेको स्पष्टीकरण : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको छैन, उहाँ हाम्रो अभिभावक


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको प्रष्टिकरण दिएको छ ।

एमाले केन्द्रीय संगगठन विभागका सचिव माधव ढुंगेलले पार्टीकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको सदस्यता अहिलेसम्म स्वीकृत नभएको दाबी गरेका हुन् ।

पछिल्लो समय भण्डारी राजनीतिमा फर्किने चर्चाबीच एमालेको सदस्यता नवीकरण गरेको समाचार आइरहेको भन्दै ढुंगेलले त्यसमा सत्यता नरहेको बताएका हुन् ।

ढुंगेलले भण्डारी एमाले नेतृ भएकैले राष्ट्रपति बनेको तर्क गर्दै पदीय जिम्मेवारीका कारण मात्रै पार्टीबाट अलग बस्नु परेको बताएका छन् ।

उनले भण्डारी एमालेको स्थायी अभिभावक रहेको पनि बताएका छन् । ‘विद्या भण्डारी नेकपा (एमाले) नेतृ भएर नै राष्ट्रपति बन्नु भएको हो । पदीय जिम्मेवारीले अलग रहनु पर्यो, उहाँ अलग हुनु भयो’, उनले भनेका छन्, ‘सिंगो देश, नेपाली जनता र आफू विकास भएको राजनीति पार्टी नेकपा (एमाले) को स्थायी अविभावक हुने अधिकार उहाँसँग सुरक्षित छ ।’

ढुंगेलले अब कसैको भाग खोस्न या बेथिति निम्त्याउन सक्रिय राजनीतिक जीवनमा नफर्किने पनि बताए । तर आवश्यकताले माग गरेमा भण्डारी राजनीतिमा फर्किने कुरामा आफू विश्वस्त रहेको पनि बताएका छन् ।

‘राजनीतिक सक्रियताको निर्णय गर्ने उहाँको आफ्नो व्यक्तिगत विषय पनि हो । हालसम्म उहाँले पार्टी सदस्यता नवीकरण गर्नु भएको छैन’, उनले भनेका छन्, ‘यो लुकेर गर्ने विषय पनि होइन । यदि नवीकरण गर्ने इच्छा गर्नु भयो भने उहाँको सक्रियता नि:सन्देह एमाले पार्टीमै हुनेछ, यो त सबैलाई थाहा भएकै कुरा हो ।’

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै