‘संसद्‍मा च्यातेको बजेट पुस्तिका मन्त्रीहरूको मुखमै हुर्‍याउन मन थियो’ « Khabarhub

‘संसद्‍मा च्यातेको बजेट पुस्तिका मन्त्रीहरूको मुखमै हुर्‍याउन मन थियो’



गत जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेटलाई लिएर देखिएको असन्तुष्टि अझै शान्त भएको छैन । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटलाई लिएर सत्तारुढ नेकपा एमाले नै रुष्ट छ ।

अर्कातिर राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस लगायत प्रतिपक्षी दल पनि असन्तुष्ट छन् । जनमत र नेकपा एकीकृत समाजवादीको समेत विरोध सरकारले सहनु परेको छ । नेकपा माओवादी केन्द्रबाहेक सकै दलले बजेटप्रति असन्तुष्टि पोखिरहेका छन् । यही असन्तुष्टि मंगलबारको संसद् बैठकमा देखियो । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका नै च्यातिदिए ।

संसद्मा उनले चालेको कदमको समर्थन र विरोध दुवै भइरहेको छ । तर पूर्व ऊर्जामन्त्रीसमेत रहेका लिङ्देनको रिस मरेको छैन । आफूले उक्त पुस्तिका च्यातेर भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र अर्थमन्त्री वर्षमान पुनको अनुहारमै हुर्‍याउन चाहेन पनि नसकेको उनी बताइरहेका छन् । बजेटको असन्तुष्टिकै सन्दर्भमा लिङ्देनलाई खबरहबले ६ प्रश्न गरेको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा अलिक अराजकता देखाउनु भयो भनिरहेका छन् नि ?

बजेट निर्माणका क्रममा जुन प्रकारले विधि–पद्धति र सामान्य प्रचलनसमेत मिचेर एउटै निर्वाचन क्षेत्र र जिल्लामा ८–८ अर्बसम्म बजेट लाने काम भएको छ । त्यो आपत्तिजनक छ । कयाँै निर्वाचन क्षेत्र मात्रै होइन, जिल्लालाई बजेटले ठूलो विभेद गरेको छ ।

प्राथमिकतामा राख्नुपर्ने कर्णालीका जिल्ला, मधेसका कयौँ जिल्ला र पहाडी जिल्ला बजेटमा खाली–खाली छन् । उनीहरूलाई उपेक्षा गरिएको छ । त्यसप्रति हाम्रो असहमति हो । यो निर्वाचन प्रणाली र यो राज्यसंरचना रहेसम्म यसमा सुधार आउँदैन । त्यसकारण यो बेथिति रोक्न निर्वाचन प्रणाली नै सुधार गर्नुपर्छ । मैले आज संसद्बाट त्यही सन्देश दिएको हो ।

लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

त्यसका लागि रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यात्नु उचित थियो र ?

असहमतिका धेरै प्रक्रियाहरुमध्ये मेरो त्यो एकदम सामान्य हो । त्यो काम अभद्र र अराजक होइन । म त च्यातेको त्यो कागज भौतिक पूर्वाधार र अर्थमन्त्रीको मुखमा पनि हुर्‍याउन पनि सक्थेँ होला । अरू कुरा पनि गर्न सक्थेँ । तर आवेगलाई रोकेँ । संसद्मा त्यो भन्दा ठूला–ठूला कुरा भएका छन् । बजेट प्रस्तुत हुँदा के भएका थिए अगाडि, अस्ति भर्खर पनि प्रधानमन्त्रीले विश्वासको मत लिने दिन के के भएका थिए । मर्यादापालकको घेराभित्र रहेर विश्वासको मत लिनुपर्ने अवस्था आयो । संसदीय परम्पराभित्रको कुरा हो, यसमा हामीले गहिरो अहसमति जनाएका छौँ ।

यो आक्रोश सभा छिर्नुअगाडिकै हो कि बोल्न थालेपछिको हो ? पूर्वयोजना थियो कि ?

चित्त नबुझेर आएको हो । यसो गरौँ कि उसो गरौँ कि भएको रहेछु । कसरी यो असमनता प्रकट गर्ने, तीव्र रूपमा असहमत छौँ भनेर व्यक्त गर्ने भन्दा यो आएछ । यहाँले देख्नु भयो मैले त्यसो गर्दा के सत्ता पक्ष, के प्रतिपक्ष सबै सांसदले समर्थन गरेका थिए । यो केवल राप्रपा र मेरो कुरा मात्रै होइन, अरू सांसदको कुरा पनि थियो ।

बोलिरहन नसक्नु भएको र अभिव्यक्ति व्यक्त गर्न नसक्नु भएको विषय हामीले उठाएका हौँ । म फेरि पनि भन्छु, यो केवल मन्त्रीको व्यवहारको कुरामा मात्रै सकिने होइन । यो प्रणालीकै कुरा हो । अब अलिकति राम्रो मान्छे मन्त्री हुँदा अलिकति फरक पर्ला ध्यान पु¥याउला तर यो प्रणाली नै त्यस्तो छ कि अब सांसदहरू नीति निर्माणको कुरा छोडेर कुलो, पैनी बाटोको कुरा लिएर हिँड्नुपर्ने ।

प्रधानमन्त्री देशको होइन, एउटा निर्वाचन क्षेत्रमा केन्द्रित हुनुपर्ने । यो अहिलेको व्यवस्थाले गरेको हो । त्यसकारण अहिलेको व्यवस्था र निर्वाचन प्रणाली नै व्यवस्थित गर्नुपर्छ । जबसम्म निर्वाचन प्रणाली सुधार हुँदैन, यो कायम रहन्छ । देशभरका जनताले प्रधानमन्त्रीलाई मत दिने व्यवस्था नभएसम्म प्रधानमन्त्री देशको हुँदैन । अहिले गोरखा २ को प्रधानमन्त्री हुनुहुन्छ । उहाँले त्योबाहेक केही देख्नु हुन्न । हामी सिङ्गो देशको प्रधानमन्त्री बनाउन नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भनिरहेका छौँ ।

कहाँ–कहाँचाहिँ बजेट धेरै हाल्नुपर्ने थियो ? यहाँको विश्लेषणमा ?

म कुनै निर्वाचन क्षेत्र विशेष र जिल्ला विशेषमा जान चाहन्न । यसमा विधि पद्धति र प्रक्रिया मापण्डण्डहरु तोकिएको छैन । यो प्रस्ट छ । तीन चार निर्वाचन क्षेत्रमा बढी फोकस गरिएको छ । तर कुनै सिद्धान्तमा आधारित भएर यो बजेट ल्याइएको छैन । गोजीको पैसा आफूखुसी खर्च गरिएको छ । परिवारको सदस्यलाई नसोधी मनपरी खर्च गर्न पाइन्न । घरको मान्छेलाई त लिमिट र सीमा नाघेपछि माफ हुँदैन, राज्य कोषको पैसा हो । आफूखुसी गर्नु हुन्न । यो बजेटमा सत्ता पक्ष र प्रतिपक्ष सबैको विरोध छ । केहीलाई मात्रै पालन पोषण गरिएको छ । मन्त्रीहरू पनि खुसी छैनन् ।

यहाँले सत्ता र प्रतिपक्षी खुसी छैनन् भन्नु भयो । किताब च्यातेर बाहिर निस्किएपछि अरु सदस्यहरूबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

मलाई सत्तारुढ मन्त्रीहरुलेसमेत स्याब्बास दिनुभयो । हाम्रो मनको कुरा गर्नुभयो भन्नु भएको छ । एमाले र माओवादीका साथीहरूले पनि मलाई धन्यवाद दिनुभयो ।

अब सरकारले यसको समाधान गर्न के गर्ने ? समस्या देखाएर पन्छिनु त भएन नि ?

समाधान अब निर्वाचन प्रणाली र राष्ट्रिय संरचनामा परिवर्तन गर्नुपर्छ । यस प्रकारको गलत परम्परा हटाउन देश नै एउटा निर्वाचन क्षेत्र हुनुपर्छ । देश भरका जनताबाट प्रधानमन्त्री चुन्ने व्यवस्था आयो भने सबै क्षेत्र र देश हेर्ने प्रधानमन्त्री हुन्छ । अनावश्यक खर्च हुने प्रदेश संरचना खारेज गर्नुपर्छ । केन्द्र र स्थानीय तहलाई बलियो बनाउनुपर्छ । म यो सुझाव पनि दिन्छु ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : ५० बजे

प्रतिनिधिसभा बैठक (लाइभ)

काठमाडौं– प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा विपक्षी दलहरूले अवरोध कायमै

मिलेन विपक्षीसँग रास्वपाको कुरा, रविले भने : प्रधानमन्त्री सदनमा आउनु हुन्‍न, परराष्ट्रमन्त्री र म बोलौँला

काठमाडौं- संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुनुपर्ने माग राख्दै विपक्षी

इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला

जलेश्वर– महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

ललितपुर– जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा