विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँ : मुख्यमन्त्री सिंह « Khabarhub

विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँ : मुख्यमन्त्री सिंह


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी शिक्षा, ज्ञान र चेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशले जनकपुरधाममा आज आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यशाला तथा अन्तरक्रियामा मुख्यमन्त्री सिंहले युवा र बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी तालिम दिन आवश्यक रहेको बताए। 

त्यसका लागि विद्यालयस्तरबाट नै शिक्षा तथा ज्ञानबारे जानकारी दिन आवश्यक रहेकामा उनको जोड थियो । 

आफू गाउँपालिका अध्यक्ष हुँदाको अनुभव सुनाउँदै उनले विगतमा गैरसरकारी सङ्घसंस्थाको भरमा विपद् व्यवस्थापन प्रतिकार्य कार्यक्रम हुँदै आएको पाइएकाले   प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत गैरसरकारी संस्थासहितको सहकार्यमा विपद् व्यवस्थापन गर्ने व्यवस्था गरिएको उल्लेख गरे ।

तराई मधेसमा जाडोमा शीतलहर र अत्यधिक जाडो, गर्मीमा ‘लु’ रोग तथा आगलागी र बर्सातमा चट्याङ तथा बाढीजस्ता समस्याले सधैँभरि सताइरहेको बताउँदै यस्ता विपद्लाई न्यूनीकरण गर्न सङ्घबाट बाझिएको कानुनलाई फुकाउन आवश्यक रहेको मुख्यमन्त्री सिंहले जिकिर गरे।

यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राविधिक व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता डा डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणमा प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताए। उनले प्रदेशमा हुने विपद् व्यवस्थापन कार्यमा सहकार्यका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ७ : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल