सिमलताल दुर्घटना : १९ वटा शव प्राप्त, १४ जनाको सनाखत, ४३ जना अझै बेपत्ता | Khabarhub Khabarhub

सिमलताल दुर्घटना : १९ वटा शव प्राप्त, १४ जनाको सनाखत, ४३ जना अझै बेपत्ता


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव प्राप्त भएको छ ।

जसमध्ये १४ जनाको सनाखत भएको छ भने पाँच जनाको पहिचान खुल्न सकेको छैन ।

अहिलेसम्म भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ।

यस्तै, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस यात्रुसहित पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो ।

दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए भने अझै ४३ जनाको अवस्था अज्ञात छ ।

बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले पौडिएर ज्यान जोगाएका थिए।

नदीमा बेपत्ता बस र यात्रुको खोजीकार्य भइरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ७ : २० बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर