बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा « Khabarhub

बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका १० मध्ये ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । यस्तै, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिका पनि बाढीको उच्च जोखिममा छन् ।

जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ का अनुसार बैतडीका चार स्थानीय तहमा पहिरोको जोखिम मध्यम छ भने पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा पहिरोको जोखिम सामान्य छ । पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

यो वर्ष १० हजार घरपरिवार दैवी विपत्तिबाट प्रभावित हुने अनुमान गरिएको छ । विपदबाट सृजना हुने भौतिक र मानवीय क्षति कम गरी उत्थानशील कार्यलाई सुदृढीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : १५ बजे

पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारितालाई मर्यादित एवं

रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो

पाल्पा– माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको

गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन

योगेशले लिखित रुपमै भने : पार्टीले धक्का खाएको छ, ओलीले नेतृत्वबाट बिदा लिनु पर्छ

काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको जारी केन्द्रीय