हर्कका समर्थकबाट अस्पतालभित्रै कुटिइन् सञ्जिता धमला, मेयरको धम्की, ‘विस्फोट हुन सक्छ’ « Khabarhub

हर्कका समर्थकबाट अस्पतालभित्रै कुटिइन् सञ्जिता धमला, मेयरको धम्की, ‘विस्फोट हुन सक्छ’


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


35.1k
Shares
  • change font
  • change font
  • change font

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) का समर्थकले अस्पतालमै अराजकता मच्चाएका छन् ।

उनीहरूले कुनै बेला हर्ककै समर्थक रहेकी सञ्चारकर्मी सञ्जिता धमलालाई अस्पतालमै छिरेर कुटपिट गरेका हुन् । उक्त प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

सञ्जिताले बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै आफूलाई कुटपिट गरिएको बताएकी छन् । उनलाई कुटपिटमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

सञ्जिताले धरानका मेयर साम्पाङका समर्थकले आफूमाथि कुटपिट गरेको बताएकी छन् । प्रहरीले पनि साम्पाङ समर्थकले कुटपिट गरेको बताएको छ ।

केही सातायता मेयर साम्पाङ र सञ्जिताबीच विवाद छ । मेयर साम्पाङले महिलाहरूलाई सञ्चिताविरुद्ध आन्दोलन गर्न उकासेका छन् ।

पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ । उनीहरूमाथि म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।

सञ्जिता बुधबार उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन् ।

‘म बिरामी भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे कोठामा पालो कुरिरहेकी थिएँ । त्यहीबेला हर्क साम्पाङका समर्थक भन्ने महिलाहरूले ‘धमलालाई कुट्न आएको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरे । लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरे’, उनले भनेकी छन् ।

सञ्जिताले आफ्नो मोबाइल फोनसमेत खोस्ने प्रयास गरेको बताएकी छन् ।‘अस्पतालमा पुगेको अवस्थामा हिंसात्मक आक्रमणको सामना गर्नुपर्‍यो । कुनै पनि व्यक्तिको लागि सहन गर्न गाह्रो कुरा हो’, उनले भनेकी छन्, ‘अस्पताल भनेको उपचारको लागि, शान्तिका लागि हो, यो सुरक्षित ठाउँ हो । तर, यहाँ उल्टै कुटाइ खाएँ।’

तर, मेयर साम्पाङले पक्राउ परेका महिलाहरू निर्दोष रहेको भन्दै बिनाशर्त रिहा गर्न भनेका छन् । उनले पक्राउ परेकालाई रिहा नरे ‘विष्फोट हुने’ चेतावनी दिएका छन् । साम्पाङले लेखेका छन्, ‘दमन नगर, विष्फोट होला । शान्ति सुरक्षा सबैको जिम्मेवारी हो । आ-आफ्नो भूमिकामा इमानदार रहौं ।’

प्रहरीले पक्राउ गरेका महिलाबारे जानकारी नदिएपछि भिडले इलाका प्रहरी कार्यालयको गेट जबरजस्ती खोलेर भित्र छिर्ने कोसिस गरेको थियो । प्रहरीले पक्राउ परेका ५ जनालाई सिधै जिल्ला पठाएको जानकारी दिएको थियो। त्यसपछि आक्रोशित भिड भानुचोक पुगेर चक्काजाममा उत्रियो । आधाघण्टा भानुचोकमा यातायात रोकेपछि कोणसभा गरियो । पक्राउ परेकालाई बिनासर्त रिहा नगरे उनीहरूले बिहीबारदेखि आन्दोलनको चेतावनी दिएका थिए ।

केही दिनअघि सार्वजनिक सुनुवाइका क्रममा सञ्चारकर्मी धमलाले धरानका जनप्रतिनिधिहरूले घुस खाने गरेको भन्दै प्रश्न उठाएकी थिइन् ।

उनले प्रश्न गरेपछि मेयर साम्पाङले धमलालाई कार्यालयमा बोलाएर पक्राउ गर्न निर्देशन दिएका थिए । उनलाई साम्पाङको कार्यालयमै नगर प्रहरीले लछारपछार गरेको थियो ।

सञ्जितालाई कारबाही नभएको भन्दै मेयर साम्पाङले गृह मन्त्रालयमा पत्र पठाएका थिए । सञ्जिताले पनि सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १ : ५७ बजे

सर्लाही ४ का लागि गगनको प्रतिबद्धता पत्र : चुनाव जितेपछि थाल्नेछन् यी ९ विशेष अभियान

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४

देश गफले होइन, कामले बन्छ : अध्यक्ष साम्पाङ

टक्सार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देशको

‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’

सुदूरपश्चिम– ‘चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा

सात मुख्य वाचासहित सर्लाही ४ का लागि गगनले ल्याए चुनावी योजना

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज– जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर