कोइलाबास भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन « Khabarhub

कोइलाबास भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । 

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा एक करोड ४० लाख ७६ हजार ९० राजस्व संकलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए । भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि रु एक करोड एक लाख ३८ हजार राजस्व संकलनको लक्ष्य पाएको थियो । 

भारतबाट प्यूठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीका सवारी साधनबाट बढी राजस्व संकलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ । 

पछिल्लो समय दाङ आसपासका क्षेत्रमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ । यसरी आउने भारतीय पर्यटकहरुबाट भन्सार कार्यालयले दुईपाङ्ग्रे सवारी साधनको एक दिनको रु दुई सय र चारपाङ्ग्रे सवारी साधनबाट एक दिनको छ सय राजस्व लिने गरेको छ ।

 भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि एक करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  २ : ३४ बजे

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा