मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै | Khabarhub Khabarhub

मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले कुरा मिलेपछि कांग्रेस सरकारमा सहभागि हुन लागेको पुष्टि गरे । 

उनले भने ‘कांगेसलाइ अर्थसहित चार मन्त्रालय दिने सहमति भएपछि कांग्रेस सहभागि हुन लागेको छ । आजै ५ बजे शपथ ग्रहण हुनेछ ।’

कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिलकुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

यसअघि कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।  

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  २ : ४५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका