चौधर नदीको बाढीबाट विद्यालय भवन जोगाउनकै सकस « Khabarhub

चौधर नदीको बाढीबाट विद्यालय भवन जोगाउनकै सकस


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई चौधर नदीको बाढीबाट जोगाउनै मुस्किल हुन थालेको छ । 

भवनलाई बाढीबाट जोगाउन तीनपटक फरक फरक स्थानमा सारियो । ठाउँ सार्ने कार्य हुँदै आए पनि बाढीले भवनलाई डुबान हुनबाट अझै जोगाउन सकिएको छैन । 

गत साताको अविरल वर्षाबाट विद्यालय डुबानमा पर्दा पर्खाल भत्किएको छ । खेलमैदान पूरै बालुवाले पुरिदिएको छ । शैक्षिक सामग्रीसँगै पुस्तकालयमा राखेका पुस्तक, इलेक्ट्रोनिक्स सामग्री, शिक्षक कर्मचारीको अभिलेख राख्ने पुस्तिका भिजेर कामै नलाग्ने भएका छन् ।

 विद्यालयको कक्षाकोठा र कार्यालय कक्षमा राखेका फर्निचर बाढीको पानीले बगाएर लगेकाले विद्यालयलाई सहज रुपमा सञ्चालन गर्न सकिने अबस्था नरहेको विद्यालयका प्रधानाध्यापक जनक थापाले बताए ।

उनका अनुसार विसं २०१७ सालमा तत्कालीन रौतेली विचुवा गाउँपञ्चायतको वडा नं ७ मोहनपुरमा विद्यालय स्थापना गरिएको थियो । ‘विद्यालय स्थापना भएको २८ वर्षपछि विसं २०४५ मा चौधर नदीमा बाढी आयो,’ उनले भने, ‘त्यही बाढीले विद्यालका भौतिक संरचना बगायो, नदीले विद्यालयका भौतिक संरचना बगाएपछि त्यहाँ भुर्षामा सारियो, विद्यालय सारिएको दुई वर्षपछि नदीमा आएको बाढीले विद्यालय बगाएर निकै क्षति पुर्‍याएपछि २०४७ सालमा इमलिया गाउँमा सारियो ।’

विद्यालय सार्दै आए पनि बाढीले दुःख दिन नछाडेको उनले उल्लेख गरे । २०६५ सालको बाढीले पनि विद्यालयमा निकै ठूलो क्षति पुर्‍याएको थियो । 

विद्यालयसहित इमलिया गाउँ जोगाउनका लागि महाकाली सिँचाइले नहरसँगै निर्माण गरेको माटोको छेकवार बाँध फुटालेर बाढीको पानी पस्दा यस वर्ष पनि विद्यालयले निकै ठूलो क्षति ब्यहोर्नु परेको उनको भनाइ रहेको छ । नदीको बाढीले पटक पटक विद्यालयमा क्षति पुर्‍याउँदै आए पनि नदी नियन्त्रणका लागि भरपर्दो व्यवस्था अहिलेसम्म नगरिएको गुनासो प्रअ थापाले गरे। 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  २ : ५९ बजे

अवतरणका क्रममा विमान दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

क्यानबेरा– दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित पाराफिल्ड विमानस्थलमा अवतरण गर्ने क्रममा भएको

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण