चौधर नदीको बाढीबाट विद्यालय भवन जोगाउनकै सकस | Khabarhub Khabarhub

चौधर नदीको बाढीबाट विद्यालय भवन जोगाउनकै सकस


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई चौधर नदीको बाढीबाट जोगाउनै मुस्किल हुन थालेको छ । 

भवनलाई बाढीबाट जोगाउन तीनपटक फरक फरक स्थानमा सारियो । ठाउँ सार्ने कार्य हुँदै आए पनि बाढीले भवनलाई डुबान हुनबाट अझै जोगाउन सकिएको छैन । 

गत साताको अविरल वर्षाबाट विद्यालय डुबानमा पर्दा पर्खाल भत्किएको छ । खेलमैदान पूरै बालुवाले पुरिदिएको छ । शैक्षिक सामग्रीसँगै पुस्तकालयमा राखेका पुस्तक, इलेक्ट्रोनिक्स सामग्री, शिक्षक कर्मचारीको अभिलेख राख्ने पुस्तिका भिजेर कामै नलाग्ने भएका छन् ।

 विद्यालयको कक्षाकोठा र कार्यालय कक्षमा राखेका फर्निचर बाढीको पानीले बगाएर लगेकाले विद्यालयलाई सहज रुपमा सञ्चालन गर्न सकिने अबस्था नरहेको विद्यालयका प्रधानाध्यापक जनक थापाले बताए ।

उनका अनुसार विसं २०१७ सालमा तत्कालीन रौतेली विचुवा गाउँपञ्चायतको वडा नं ७ मोहनपुरमा विद्यालय स्थापना गरिएको थियो । ‘विद्यालय स्थापना भएको २८ वर्षपछि विसं २०४५ मा चौधर नदीमा बाढी आयो,’ उनले भने, ‘त्यही बाढीले विद्यालका भौतिक संरचना बगायो, नदीले विद्यालयका भौतिक संरचना बगाएपछि त्यहाँ भुर्षामा सारियो, विद्यालय सारिएको दुई वर्षपछि नदीमा आएको बाढीले विद्यालय बगाएर निकै क्षति पुर्‍याएपछि २०४७ सालमा इमलिया गाउँमा सारियो ।’

विद्यालय सार्दै आए पनि बाढीले दुःख दिन नछाडेको उनले उल्लेख गरे । २०६५ सालको बाढीले पनि विद्यालयमा निकै ठूलो क्षति पुर्‍याएको थियो । 

विद्यालयसहित इमलिया गाउँ जोगाउनका लागि महाकाली सिँचाइले नहरसँगै निर्माण गरेको माटोको छेकवार बाँध फुटालेर बाढीको पानी पस्दा यस वर्ष पनि विद्यालयले निकै ठूलो क्षति ब्यहोर्नु परेको उनको भनाइ रहेको छ । नदीको बाढीले पटक पटक विद्यालयमा क्षति पुर्‍याउँदै आए पनि नदी नियन्त्रणका लागि भरपर्दो व्यवस्था अहिलेसम्म नगरिएको गुनासो प्रअ थापाले गरे। 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  २ : ५९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय