सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु « Khabarhub

सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

बनेपा– सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेशिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाइको शुभारम्भ गरे ।

सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको बताए । उनले बर्षौदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपूर्जाको धुलो पन्छाएर छपाइ गरिएको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले भने, ‘वर्षौदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिनहरु यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहर जस्तो भएको थियो । धुलो टकटक्याएर छपाइको काम थालेका हौँ ।’

उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, विभिन्न स्टीकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भए पनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन । 

‘अहिले हामीले निकै मेहेनत गरेर सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु गरेका छौ’, सञ्चारमन्त्री खरेलले भने, ‘२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ । चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा यहाँबाट छपाई सुरु गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने हाम्रो सोच रहेको छ ।’

लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाई सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था  र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो ।

सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाई सुरु गरिएको बताए  ।

उनले नीतिगत समस्या, वेथितिको मुद्दा मामिला, बजेट र जनशक्तिको अभावलाई चिर्दै लाइसेन्स छपाई सुरु गरिएको उल्लेख गरे ।

उनले अगाडि थपे, ‘सुरक्षित मुद्रणबारे अदालतमा मुद्दा र अख्तियारमा उजुरी थियो । केन्द्रको बेथिति, कानुनी अप्ठ्यारा छिचोल्दै नियमावली ल्याएर स्रोत साधनको सुनिश्चित गरी जनशक्ति व्यवस्थापन गरेर लाइसेन्स छपाई सुरु गरिएको हो । अब क्रमशः अन्य विभिन्न छपाई पनि केन्द्रबाटै छाप्छौ । यसबाट मुलुकको पैसा बाहिर जान रोकिन्छ । राष्ट्रिय सुरक्षाका हिसाबले पनि महत्त्वपूर्ण र राम्रो सुरुवात हो । यसलाई निरन्तरता दिनुपर्छ ।’

लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाई सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था  र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाई सुरु गरिएको बताए  ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानूनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइको काम सुरु गरिएको जानकारी दिए । 

पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँचसय र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । काडमा आधारित छपाई सुरु गरिएको हो ।

 निर्माणाधीन भवनबाट कागजी छपाइको काम अबको छ महिना भित्र सुरु गरिनेछ । कार्यकारी निर्देशक ढुंगानाका अनुसार आजकै मितिदेखि नागरिकता, अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाई गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झन्डै तीन अर्ब रुपैयाँ लगानी भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  २ : ४४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा