शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै « Khabarhub

शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रियामार्फत  सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा आर्थिक वर्ष २०७९-८०का तुलनामा आव २०८०-८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् । 

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०-८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६०० महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए । सो अवधिमा अस्पतालमा २२ हजार दुई सय ७० महिला सुत्केरी भएका थिए ।  

आव २०७९-८० मा ३९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए । उनले पहिलो पटक शल्यक्रिया गरेर शिशु जन्माएका आमाले दोस्रो पटक शिशु जन्माउदा पनि शल्यक्रिया गर्नुपर्ने, निःसन्तान भएका र प्रशव पीडा खप्न नसक्ने आमाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको बताए ।

यस्तै ढिलो उमेरमा शिशु जन्माउँदा जोखिम हुने भएकाले पनि शल्यक्रिया गर्ने अवस्था आउने निर्देशक डा अधिकारीले बताए।  

उनले भने, ‘तर बिरामीको अवस्था अलि गम्भीर भयो भने मात्र शल्यक्रिया गरेर शिशु जन्माउँछौँ ।’अस्पतालका निर्देशक डा अधिकारीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन नसकिएको बताए। ‘विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार दुई जना बिरामी बराबर एक जना नर्स हुनुपर्दछ’ उनले भने, ‘तर हामीकहाँ ४० बिरामी बराबर तीन  नर्स  कार्यरत छन् । त्यसैले हामीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन सकिरहेका छैनौँ ।’

उहाँका अनुसार पहिलो पटक गर्भवती भएकालाई व्यायाम गराउने, मानसिक र शारीरिक रुपमा बच्चा जन्माउनुपर्दछ भनेर परामर्श गर्ने, दुखाइरहित सामान्य प्रसूति गराउने जस्ता कार्य गर्नुपर्दछ । अस्पतालका कार्यकारी निर्देशक डा अधिकारीले अस्पतालले शल्यक्रियालाई भन्दा पनि सामान्य तरिकाले सुत्केरी गराउने प्रयासलाई उच्च प्राथमिता दिएको जानकारी दिए। 

अस्पतालले दुई वर्षदेखि शिशु जन्माउदा अत्यधिक दुखाइ हुनेलाई दुखाईरहित सेवा प्रदान गर्ने उनको भनाइ छ । अस्पतालका दैनिक ६० देखि ७०  सुत्केरी हुने र तीमध्ये २० देखि २५ जनाको शल्यक्रिया मार्फत् शिशु निकाल्ने गरिएको छ । नेपालमा मातृमृत्युदर एक लाखमा १५१ र बाल मृत्युदर एक हजारमा २१ जनाको रहेको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ४ : ०६ बजे

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र