‘छक्का पञ्जा ५’ को गीतको मात्रै छायाङ्कन बाँकी | Khabarhub Khabarhub

‘छक्का पञ्जा ५’ को गीतको मात्रै छायाङ्कन बाँकी


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘छक्का पञ्जा’को पाँचौँ सिक्वेल ‘छक्का पञ्जा ५’ को छायाङ्कन अन्तिम चरणमा पुगेको छ । लेखक एवम्‌ निर्माता दीपकराज गिरीका अनुसार अब गीतको छायाङ्कन मात्रै बाँकी रहेको हो ।

दीपकले खबरहबसँग भने, ‘अब अन्तिम नै भयो भन्दा हुन्छ, गीतको मात्रै छायाङ्कन बाँकी छ, त्यो पनि छिटै हुन्छ ।’

उनका अनुसार काभ्रेमा अन्तिम चरणको छायाङ्कन सकेर बुधबार साँझ फिल्म सुटिङ युनिट काठमाडौं फर्किएको हो ।

निर्माण टिमले कलाकारहरूको नाम भने अहिलेसम्म गोप्य नै राखेको छ । गिरी स्वयम्‌, केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटी गरी तीन कलाकारको मात्रै सार्वजनिक गरिएको छ ।

जेठ १७ गतेबाट फिल्मको छायांकन सुरु भएको थियो । काभ्रे, सिन्धुली र पोखराका विभिन्न स्थानमा छायाङ्कन भएको बुझिएको छ ।

यो फिल्म अन्य श्रृङ्खलाभन्दा पूर्णतः भिन्न रहने गिरीको दाबी छ । आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुतीमा निर्माण हुने यस फिल्मको निर्देशक दीपाश्री निरौला हुन् ।

फिल्मको प्रदर्शन मिति आउँदो असोज २४ गते फूलपातीका दिनलाई तोकिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ५ : २४ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ