काठमाडौं महानगरले थाल्यो सेवाग्राही सर्वेक्षण कार्यक्रम « Khabarhub

काठमाडौं महानगरले थाल्यो सेवाग्राही सर्वेक्षण कार्यक्रम


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौँ महानगरपालिकाले आजदेखि स्वर्णिम योजनाअन्तर्गत ‘साथी महानगर’ सेवाग्राही सर्वेक्षण कार्यक्रम थालनी गरेको छ ।

कामपाले केन्द्रीय कार्यालय रहेको काठमाडौँ प्लाजाबाट काम सुरु गरेको कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए।     

गत वर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो । सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेको उनको भनाइ छ ।  

सर्वेक्षणका विषयमा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘हामी कामपामा सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि ‘वेञ्च मार्किङ’ गर्दैछौँ । एकल सेवा केन्द्र सञ्चालनमा आइसकेपछिको सेवाप्रवाहमा आएको परिवर्तनलाई तथ्यसहित मापन गर्न यसले आधार प्रदान गर्नेछ । 

आगामी वर्ष यही समयमा यस्तै सर्वेक्षण गरेपछि नतिजा थाहा हुन्छ । तुलनात्मक विवरणबाट मापनयोग्य अवस्था प्राप्त हुने बताउँदै उनले काम भएको देखिने तर सेवाग्राही सन्तुष्ट नहुने अवस्था नरहोस् भन्नका लागि सर्वेक्षण गरिएको धारणा राखे। 

सेवाग्राहीलाई फाराम भराउन सुरु गर्नुअघि सर्वेक्षणको तथ्याङ्क व्यवस्थापनमा खटिने कर्मचारी, फारम भर्ने भराउने कार्यमा परिचालन हुने इन्टर्न र नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृतको सचिवालयका उपनिर्देशक प्रहलाद घिमिरेले अभिमुखीकरण गरेका थिए । 

सर्वेक्षणका विविध पक्ष, सर्वेक्षणका क्रममा सेवाग्राहीसँग गर्नुपर्ने आचरण, व्यक्तिगत गोपनीयता जस्ता विषय अभिमुखीकरणमा समेटिएका थिए ।  

सर्वेक्षणका लागि सेवा प्रवाहका विभिन्न चरण, प्रक्रिया र अवस्थासँग सम्बन्धित २८ वटा प्रश्न राखिएका छन् । यी प्रश्नहरूका वैकल्पिक उत्तर दिइएका छन् । सेवाग्राहीले यसरी दिइएका उत्तरमध्येबाट आफूले अनुभूत गरेको अवस्थाको जवाफमा सही ९.० चिह्न लगाउनुपर्नेछ । फाराममा नाम थर लेख्नुपर्ने भए पनि फोन नम्बर अनिवार्य गरिएको छैन । 

सर्वेक्षणका लागि दई जना इन्टर्न र एक जना नगर प्रहरी खटाइएको छ । सर्वेक्षणमा सहभागी हुने सेवाग्राहीलाई पाँच वटा मास्क प्रदान गरेर हार्दिकता प्रकट गरिन्छ । दैनिक दिउँसो १२ बजेदेखि ५ बजेसम्म र शुक्रबार १२ बजेदेखि ३ बजेसम्म भराइने सर्वेक्षण स्वेच्छिक हो । सेवाग्राहीले इच्छा गरे मात्र भर्न लगाइन्छ । यसमा कसैलाई फाराम भर्न कर लगाइँदैन । 

यसरी भराइएका फाराम हरेक दिन प्रमुख प्रशासकीय अधिकृतको सचिवालयमा बुझाउने प्रबन्ध गरिएको छ । पहिलो चरणमा पाँच सय जना सेवाग्राहीले फाराम भरेपछि यसको विश्लेषण हुनेछ । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ७ : २१ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार