अस्पतालभित्रै सञ्चारकर्मी धमलालाई कुटपिट : मेयर हर्कका सात समर्थक सार्वजनिक, प्रहरीले मुद्दा अघि बढायो | Khabarhub Khabarhub

अस्पतालभित्रै सञ्चारकर्मी धमलालाई कुटपिट : मेयर हर्कका सात समर्थक सार्वजनिक, प्रहरीले मुद्दा अघि बढायो


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


44k
Shares
  • change font
  • change font
  • change font

 

सुनसरी- सञ्चारकर्मी सञ्जिता धमलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका सातजनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागमा एक्स रे गर्न गएकी धमलालाई महिलाहरूको हुलले आक्रमण गरेको थियो ।

बीपी प्रतिष्ठानभित्रको सीसीटीभी फुटेजमा महिलाहरूले धमलालाई तानेर लछारपछार गरिरहेको देख्न सकिन्छ । कुटपिटमा उत्रिएपछि अन्यले धमलालाई बचाउने कोसिस गरेका थिए ।

प्रहरीले उक्त घटनापछि बुधबार नै कुटपिटमा संलग्न ५ जना महिलालाई बीपी प्रतिष्ठान हातातबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवाको हिरासतमा राखेको थियो ।

प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा बिहीबार धरानका मेयर हर्क साम्पाङकी अर्की समर्थक सिर्जना बेघालाई पनि पक्राउ गरिएको थियो । प्रहरीले उक्त घटनामा मुछिएका पूर्ण बान्तवालाई पनि पक्राउ गरेर इनरुवा पुर्‍याएको थियो । पक्राउ परेका सातैजना मेयर मेयर हर्क साम्पाङका समर्थक थिए । उनीहरू सबैलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बीपी प्रतिष्ठानमा धमलामाथि हातमा उत्रिनेमध्ये सिर्जना पनि एक थिइन् । उनी बिहीबार इलाका प्रहरी कार्यालय धरान घेराउ गर्दै जबर्जस्ती प्रवेश गर्न खोज्नेमध्ये एक थिइन् । त्यसैगरी धरानको भानुचोकमा आधाघण्टा चक्काजाम गर्न पनि उनी उत्रिएकी थिइन् ।

बिहीबार पक्राउ गरिएका बान्तावा सिटी सफारी चालक थिए। उनी पनि मेयर साम्पाङका समर्थकमध्ये एक हुन् ।

बान्तावाले बुधबार इलाका प्रहरी कार्यालय धरान घेराउ गर्दै जर्बजस्ती भित्र पस्न खोजेका थिए । उनले प्रहरीको गेटबाट जबर्जस्ती भित्र पस्न खोजेको सीसीटीभी फुटेज बाहिरिएकोछ । प्रहरी कार्यालयमा जबर्जस्ती गर्न खोज्ने सत्य घले पनि खोजी सूचीमा छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेका सातैजनालाई बिहीबार सार्वजनिक गर्दै अभद्र व्यवहारको कसुरमा मुद्दा अघि बढाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता एवम् डीएसपी नवीनकृष्ण भण्डारीले पक्राउ परेका सातैजनालाई अभद्र व्यहवार कसुरमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा अघि बढाउन म्याद लिइएको बताए ।

बुधबार पक्राउ परेका ५ जनालाई ७ दिन र बिहीबार पक्राउ परेका २ जनालाई ६ दिनको म्याद लिएर हिरासतमा राखिएको उनले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ७ : ४० बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड