ओलीका सल्लाहकारमा पुरानै अनुहार- रिमाल र बज्राचार्य दोहोरिँदा खतिवडालाई नयाँ भूमिका | Khabarhub Khabarhub

ओलीका सल्लाहकारमा पुरानै अनुहार- रिमाल र बज्राचार्य दोहोरिँदा खतिवडालाई नयाँ भूमिका


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई आफ्नो किचेन क्याबिनेटमा दोहोर्‍याएका छन् ।

यही असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका ओलीले नेकपा एमालेका उप-महासचिव विष्णु रिमाललाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट रिमाललाई प्रधानमन्त्रीओलीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको एकजना मन्त्रीले बताएका छन् ।

रिमाल यसअघि पनि ओलीका प्रमुख राजनीतिक सल्लाहकारको भूमिका थिए । उनी एमालेमा प्राविधिक ज्ञान भएका नेता मानिन्छन् । एमालेमा पनि उनी ओलीको सचिवालय सम्हाल्दै आएका नेता हुन् ।

त्यस्तै ओलीले आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री तथा अमेरिकाका लागि पूर्वराजदूत डा. युवराज खतिवडालाई ल्याएका छन् ।

खतिवडा २०७४ सालमा ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्रीको भूमिकामा थिए। त्यसपछि उनलाई ओलीले अमेरिकाका लागि राजदूत बनाएका थिए ।

खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । एमालेमा खतिवडा धेरै राजनीतिक लाभका पदमा पुग्नेमध्ये एक हुन् ।

ओलीले यसअघि नै राजेश बज्राचार्यलाई प्रमुख स्वकीय सचिव बनाइसकेका छन् । बज्राचार्य ओलीका भित्रियामध्ये एक हुन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरकेा ओलीको स्वास्थ्यको ख्याल गर्ने कामसमेत बज्राचार्यले गर्छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : ०३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस