मधेश सरकारमा मिसिए कांग्रेस र लोसपा, पाँचैजना मन्त्रीले लिए शपथ « Khabarhub

मधेश सरकारमा मिसिए कांग्रेस र लोसपा, पाँचैजना मन्त्रीले लिए शपथ


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएका छन् ।

अर्थसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस र शिक्षा तथा संस्कृति मन्त्रालयको नेतृत्व गर्ने गरी लोसपा सरकारमा सहभागी भए ।

नेपाली कांग्रेस र लोसपाका नवनियुक्त मन्त्रीहरूले बिहीबार साँझ शपथ लिएका छन् । मुख्यमन्त्री सतिश सिंहले नियुक्त गरेका नेपालीका कांग्रेसका ४ जना र लोसपाका १ जना मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ ग्रहण गराइन् ।

कांग्रेसबाट सुनिलकुमार यादवले अर्थ मन्त्री, जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका छन् ।

यस्तै लोसपाका प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीका रूपमा शपथ लिएकी छन् ।

शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मा दिइएको छ ।

बिनाविभागीय मन्त्री  मो. सकिल मियालाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : २१ बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन