आज २०८१ साल भदौ २ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ २ गते आइतबारको राशिफल


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २ गते आइतबार तदनुसार सन् २०२४ अगष्ट १८ तारिख। साउन शुल्क पक्षको त्रयोदशी उपरान्त चतुदर्शी तिथि। बाजुरामा बढीमाई मेला। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : धर्मकर्ममा मन जानेछ। समाज सेवामा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। आज बनाएका योजनाले दीर्घकालसम्म फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुने योग छ।

वृष : मान्यजनसँग भेटघाट हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्य लाभ हुने योग छ। लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारमा बौद्धिक छलफल हुने दिन छ।

मिथुन : नबुझेको विषयमा नबोल्नु राम्रो हुनेछ। लगानीको क्षेत्रमा घाटा हुनेछ। ठूला उद्योगमा हात नहालेको राम्रो होला। ठुलो योजनाको सुरुवात अरुबाट गराएमा काम सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने देखिन्छ।

कर्कट : दिन सामान्य छ। काम गर्दा सचेत नभए तपाईंको आलोचना हुनेछ। लगानी भए शिक्षामा नाफा हुने योग छ। साथीसँगको संगतले इज्जत बढ्ने दिन छ। परिवारभित्र भने मनमुटाव हुने जोखिम देखिन्छ।

सिंह : अफ्नै बोलीका कारण साथीभाइ टाढिने जोखिम रहेको छ। साथीसँगको संगतलाई निरन्तरता दिन कम बोल्नु फाइदा होला। आज बनाएको योजना भन्दा अगाडिदेखि सञ्चालन भएको काम सफल बन्नेछ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर गरेको काम सफल बन्नेछ।

कन्या : आज तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। लगानीका क्षेत्रमा नाफा हुने योग छ। श्रम गरेको क्षेत्रमा प्रशंसा प्राप्त होला। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। कमाउनेभन्दा पनि भएको जोगाउने दिन हो। स्वास्थ्यमा समस्या देखिने सम्भावना छ। काममा जटिलता थपिनेछ। परिवारको साथ र सहयोग मिल्ने भएकाले मन शान्त हुनेछ।

वृश्चिक : कामबाट सन्तुष्टी मिल्नेछ। हरेक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। लगानी गरेका क्षेत्रमध्ये प्राविधिक शिक्षाको लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सहयोग मिल्ने भएकाले दिन रमाइलो हुनेछ।

धनु : हरेक क्षेत्रमा तपाईंले सुरुवात गरेको काम उत्कृष्ट रहने योग छ। मनमा घमण्ड बढ्नेछ। राजनीतिक झुकाव बढ्नेछ। संगठनमा पहुँच रहनाले सेवाको अवसर प्राप्त हुनेछ। पारिवारिक क्षेत्रबाट रचनात्मक सहयोग मिल्नेछ।

मकर : आफ्नै राशिमा चन्द्रमा गोचरी गर्दैछन्। आज मिष्ठान्न भोजन मिल्नेछ। पारिवारिक प्रेममा पुर्नमिलन हुनेछ। लगानीका क्षेत्रमा केही विवाद हुनेछ। परिवारसँगको छलफलबाट गरेको कामबाट फाइदा मिल्नेछ।

कुम्भ : आजको तपाईंको दैनिकी समस्यापूर्ण रहनेछ। परिवारमा सल्लाह गरेर अघि बढ्नु राम्रो होला। लगानीको क्षेत्रमा हात नहाल्नु राम्रो हुनेछ। इज्जत जोगाउन मेहनत गर्नुपर्ने देखिन्छ। धर्मकर्ममा मन जानेछ।

मीन : दिन रमाइलो छ। मिष्ठान्न भोजन हुनेछ। नयाँ लुगा लगाउन मन लाग्नेछ। खर्च बढ्ने योग छ। परिवारको साथ सहयोगबाट मन शान्त रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ५ : ०५ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,