मन्दिरबाट फर्कँदा चट्याङ लागेर मृत्यु « Khabarhub

मन्दिरबाट फर्कँदा चट्याङ लागेर मृत्यु


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुगुको छायानाथ नगरपालिका– १० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङले लागेर एकजना दर्शनार्थीको मृत्यु भएको छ । चट्याङबाट दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा पातारासी गाउँपालिका– ४ का ४० वर्षीय पुरुष रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ । मन्दिरबाट फर्कँदै गरेका अर्का ३१ वर्षीय पुरुष र ५० वर्षकी महिला घाइते भएका छन् ।
त्यस्तै रोल्पा नगरपालिका– ९, ह्वामे बस्ने ५५ वर्षका पुरुष र ५० वर्षकी महिला सुतिरहेको ठाउँमा राति चट्याङ पर्दा दुबै घाइते भएका छन् ।

चट्याङलाई मनसुनजन्य घटनाका रुपमा लिइन्छ । पछिल्लो समय चट्याङबाट मृत्यु हुनेको संख्या अत्यधीक बढ्दै गएको छ । गत जेठ २८ देखि असार २५ सम्म एक महिनाको अवधिमा देशभरिमा मानवीय क्षति हुने गरी ९४ वटा चट्याङका घटना भएका छन् ।

एक महिनाको अवधिमा चट्याङबाट १९ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । चट्याङबाट सम्पत्तिमा क्षति हुनेसमेत प्रभावित परिवारको संख्या एक सय रहेको छ ।

जेठयताको तीन महिनामा मात्रै चट्याङ लागेर २४ जनाको मृत्यु भएसकेको छ भने ५५ जना घाइते भएका छन् ।

यसअघि ०८१ बैशाखमा एकै महिनामा चट्याङबाट ७७ जना घाइते हुनुका साथै ८ जनाको मृत्यु भएको थियो । ०८० चैतमा चट्याङबाट ४ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

फागुन महिनामा समेत चट्याङबाट क्षति पुग्ने गरेको छ । प्राधिकरणका अनुसार गत फागुनमा चट्याङ लागेर ९ जना घाइते भएका थिए । त्यसो त माघ महिनामा परेको चट्याङबाट १ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका थिए । ०८० पुसमा चट्याङ लागेर एकजना घाइते भएको प्राधिकरणमा रेकर्ड छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : २४ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर