पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै राप्ती सोनारीका स्थानीय « Khabarhub

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै राप्ती सोनारीका स्थानीय


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित डुडुवा खोलामा पुल नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

खोलामा पुलको व्यवस्था नहुँदा स्थानीयले काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । बर्खायाममा बालबालिकालाई विद्यालय पठाउन र आवतजावत गर्न समस्या हुने गरेको राप्ती सोनारी–९ खैरी टोल निवासी लालबहादुर विकले बताए ।

‘हिउँदमा जसोतसो आवतजावत गरे पनि बर्सातमा ठूलो जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ’, विकले भने, ‘खैरीटोलबाट विद्यालय पढ्न गुरुवागाउँ जान बालबालिका जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।’ राप्ती सोनारी–९ मै बग्ने भक्ते खोला र चुके नालामा बर्सातमा आउने बाढीले स्थानीय प्रभावित हुँदै आएका छन् । वडामा रहेका खहरे खोलामा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा कटान तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय भरत खड्काले बताए ।

राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारुले वडामा सडक, पुल तथा नदी नियन्त्रणका लागि तटबन्ध निर्माणजस्ता पूर्वाधार विकास गर्नुपर्ने धेरै भए पनि वडाको सीमित बजेटबाट गर्न नसकिएको बताए । ‘वडाका धेरै टोलमा पुल र कल्भर्टको आवश्यकता छ, निर्माणका लागि निरन्तर पहल भइरहेको छ’, वडाध्यक्ष थारुले भने, ‘गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसमक्ष आवश्यक बजेटको लागि पटक–पटक माग गर्दै आएका छौँ ।’

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी–९ खैरीटोलस्थित डुडुवा खोलामा पुल निर्माणका लागि आफू सकारात्मक रहेको बताए । उनले सकेसम्म यो आर्थिक वर्षमै पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिने उल्लेख गरे।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँकेका राप्ती सोनारी र नरैनापुरवासी खहरे खोलाबाट पीडित हुँदै आएकाले आवश्यक पुल र तटबन्धका लागि सम्बन्धित मन्त्रालयमा योजना पेस गरेको बताए  ।
-रासस

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १ : ५२ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा