संवैधानिक निकायको नियमावली बनाउँदा कानून मन्त्रालयको सहमति अनिवार्य गर्न सुझाव « Khabarhub

संवैधानिक निकायको नियमावली बनाउँदा कानून मन्त्रालयको सहमति अनिवार्य गर्न सुझाव


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विज्ञहरूले संवैधानिक निकायको नियमावली बनाउँदा कानून मन्त्रालयले सहमति दिनुपर्ने प्रावधान राख्न सुझाव दिएका छन् ।

सिंहदरबारमा आइतबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा उनीहरूले नियमावली बनाउने विषयलाई गम्भीरताका साथ छलफल गर्न समेत सुझाव दिएका छन् ।

बैठकमा कानून आयोगका पूर्व अध्यक्ष माधव पौडेलले परम्परागत रूपमा नै संवैधानिक आयोगले बनाउने नियमावलीमा कानून मन्त्रालयले सहमति दिनुपर्ने सुझाव दिए ।

नियमावलीका कारण नागरिकको हक अधिकार प्रभावित हुन सक्ने भएकाले यसमा गम्भीर रूपमा छलफल गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले जारी गर्ने अध्यादेश बाहेक अन्य निकायको नियमावली स्वीकृत मन्त्रीपरिषद्ले गर्नुपर्ने प्रावधानलाई पनि पुनर्विचार गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले नियमावलीहरू आफ्नो अनुकूल बनाउन पटके तवरले परिवर्तन गर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए  । उनले नियमावली बनाउँदा वा परिवर्तन गर्दा माथिल्लो निकायसँगको सहमति आवश्यक नपर्ने व्यवस्थाले सम्बन्धित संस्थालाई नै धराशायी बनाउन सक्ने धारणा राखे ।

कानुन निर्माणको व्यवस्थालाई व्यवस्थित गर्ने गरी सरकारले विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८० असोजमा राष्ट्रियसभामा दर्ता भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ३ : १६ बजे

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

काठमाडौं– अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी