नक्कली शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

झामाथि बिचौलियालाई गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायत उच्च पदस्थसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप थियो । यद्यपि उनले इन्कारी बयान दिए पनि झालाई तत्काललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।

झाले शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केसीको इजलासमा ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूर मुद्दाको पुरक अभियोगका रुपमा पेश भएको मुद्दामा झाले इन्कारी बयान दिएका थिए ।

झाले पुरक मुद्दाको मुख्य मुद्दाका कुनै पनि प्रतिवादीहरूलाई नचिनेको बताएका थिए। उनले नचिलेका प्रतिवादीहरूसँग लेनदेन या रिसइबी केही हुने कुरै नभएको पनि जिकिर गरेका थिए ।

उनीविरुद्धको मुद्दामा शुक्रबार थुनछेक बहस भएको थियो । तर अदालतले आदेश आइतबार दिएको हो । बिहीबार बयानका क्रममा झाले आफूविरुद्ध प्रहरीले खडा गरेको प्रमुख प्रमाणलाई नै इन्कार गरिदिएका थिए ।

उनले नक्कली शरणार्थी प्रकरणको योजना बनेका बेलामा आफू उपचारका लागि भारतमा रहेको बयान पनि दिएका थिए ।

झाले जाहेरवाला गजेन्द्र बुढाथोकीसहित कसैलाई पनि नचिन्ने जिकिर गरेका थिए । उनले उक्त प्रकरणमा आफ्नै नाममा २ करोडको चेक काटिदिने रामशरण केसीलाई पनि नचिनेको बयान दिए पनि अदालतले तत्काल प्राप्त सबुत-प्रमाण र अन्य अभियुक्तको बयानका आधारमा थुनामा पठाएको हो ।

मन्त्रिपरिषद्मा बुझाउन भनी रकम मागेको भनी अर्का प्रतिवादी सानु भण्डारीले भनेकोले केसीले आफ्नो नाममा हिमालयन बैंकको दुई करोडको चेक दिएको कुरालाई पनि उनले इन्कार गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ४ : ०६ बजे

‘एक घर, एक श्रीमद्भगवद्गीता’ अभियान

स्याङ्जा– विश्व हिन्दू युवा संघ स्याङ्जाले ‘एक घर, एक गीता’

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार सुरु भएसँगै काठमाडौं महानगरपालिका

पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात

काठमाडौं– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै