समाचार

राष्ट्रियसभा : नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पेस

By खबरहब

August 18, 2024

काठमाडौं– ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन् ।

विधेयक पेस गर्दै मन्त्री चौरसियाले कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन विधेयक ल्याइएको बताए  ।

‘कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन, अध्यापन गराउने र पाठ्यक्रम निर्धारण गर्नेलगायत उद्देश्यसहितको यो विधेयक सभासमक्ष पेस गर्दछु’, उनले भने ।