भ्रष्टाचारी जोगाए यो सरकारलाई बंगलादेशमा जस्तै लखेट्ने अवस्था आउँछ : वर्षमान पुन | Khabarhub Khabarhub

भ्रष्टाचारी जोगाए यो सरकारलाई बंगलादेशमा जस्तै लखेट्ने अवस्था आउँछ : वर्षमान पुन


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

प्यूठान– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाएका छन् ।

पार्टीसम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तकारी प्यूठानको जिल्ला सम्मेलनलाई आइतबार खलंगामा सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सुरुआती कार्यशैलीले सरकार भ्रष्टाचारमैत्री देखिएको बताए ।

आफूहरूलाई सरकारमा जान कुनै हतारो नरहेको बताउँदै उनले भ्रष्टाचारविरुद्धको अभियानबाट सचेत भएका जनताको भावनाविपरीत सरकार अघि बढे विद्रोह गर्ने चेतावनी दिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा तथा भ्रष्टाचार र राज्य दोहनविरुद्ध कठोर कदम चालेपछि आत्तिएकाहरूले रातारात सरकार ढालेको उनले बताए ।

‘हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चलाएको सुशासनको अभियानलाई अनियमितता, राज्य दोहन र सरकारी सम्पत्ति कब्जा गरेर मोज गरिरहेका मानिसहरूले मन पराएनन्’, पुनले भने, ‘म यो सरकारलाई भन्न चाहन्छु हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको भ्रष्टाचार र राज्य दोहनविरुद्धको अभियान नरोकियोस् ।’

पुनले भ्रष्टचार र राज्य दोहको प्रक्रिया नरोकिए नेपालमा श्रीलंका र बंगलादेशको परिस्थिति आउन सक्नेतर्फ सचेत गराए ।

‘हामीलाई सरकारमा जान कुनै हतारो छैन । तर, राम्रा कामको निरन्तरताका लागि सरकारलाई खबरदारी गर्न चाहन्छौँ । सुशासन र समृद्धिको यात्रामा काम गर्दा सरकारलाई साथ दिन चाहन्छौँ । भ्रष्टाचारीलाई संरक्षण गरिए संसद र जनताका बीचमा रहेर खबरदारी गर्छौँ’, उनले भने, ‘लोकतन्त्रको जननी बेलायतमा १७ वर्षपछि लेबर पार्टीले जितेर सरकारमा आउँदा अन्तोष विस्फोट भयो । बंगलादेशमा लगातार ४ कार्यकाल सरकार चलाएकी शेख हसिानालाई जनताले किन लखेट्यो ? श्रीलंकामा दुईतिहाइ मत ल्याएका प्रधानमन्त्री र राष्ट्रपति कसरी देश छाडेर भाग्नुपर्‍यो । जनताको शक्ति जागेपछि चुनाव जितेको भन्ने नहुँदो रहेछ । समयमै सचेत हुँदा राम्रो हुन्छ ।’

उनले राज्य सञ्चालनमा जनताको सहभागिता, समावेशीता र फराकिलो लोकतान्त्रिक अभ्यासबिना राज्य सञ्चालनमा निर्वाचन जित्नुमात्र लोकतन्त्र होइन भन्ने दक्षिण एसिया र विश्वसका अरु देशहरूका घटनाक्रमबाट शिक्षा लिन सक्नुपर्ने औंल्याए ।

‘यदि नेपालमा पनि भ्रष्टाचार नियन्त्रण भएन, सुशासन कमजोर पारियो, समान ढंगले मानिसका पुहँच स्थापित बनाउन सकिएन, लोकतन्त्रलाई समावेशी र सहभागितामुलक बनाएर अफै फराकिलो बनाउन सकिएन भने जनताले विद्रोह गर्छ । बंगलादेशको अवस्था नेपालमा पनि नआउला भन्न सकिँदैन’, पुनले भने ।

दुनियाँभरका लोकतन्त्रमाथि खतराको बादल मडारिएको र दक्षिण एसियामा निराशाको माहोल खडा गर्न दक्षिणपन्थी शक्ति सक्रिय रहेको भन्दै उनले सरकार र बाहिर रहेका सबै दल तथा आमनागरिक सचेत हुनुपर्ने उल्लेख गरे ।

फरक प्रसंगमा पुनले आफूले बजेटमार्फत विकास निर्माण तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारिएका योजनाले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

यस्तै उनले अघिल्लो सरकारले सामाजिक सुरक्षा कोषलाई विस्तार गरी वैदेशिक रोजगारीमा रहेका र तथा अनौपचारिक क्षेत्रका मजदुरलाई समावेश गर्ने काम गरेको भन्दै त्यसबाट पछि हटे सरकारको खबरदारी गर्ने बताए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : ३७ बजे

स‌सदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर

पूर्वाधार विकाससहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।