परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई सोमबार साँझ भेट्ने | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई सोमबार साँझ भेट्ने


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ त्यहाँस्थित प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएकी छन् ।

सोमबार साँझ साढे ७ बजे परराष्ट्रमन्त्री राण र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने समय तय गरिएको हो ।

परराष्ट्रमन्त्री राणा असार ३० गते नयाँ सरकार बनेयता पहिलो पटक भारत भ्रमणमा गएकी हुन् । यो भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भ्रमणको टुंगो गर्नेछिन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो पनि हस्तान्तरण गर्ने छिन्।

परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा. एस. जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग पनि सोमबार अपराह्न भेटवार्ता गर्ने कार्यतालिका निर्धारण गरिएको छ ।

मन्त्रालयले भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुनेछ ।

मन्त्री राणाको भ्रमणअघि नै भारतीय विदेश मन्त्रालयले नेपाललाई निकट छिमेकीका रुपमा आफ्नो प्राथमिकतामा राखेको जनाएको थियो।

‘भारतको छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिक साझेदार हो’, विदेशमन्त्रालयले भनेको थियो, ‘परराष्ट्रमन्त्री राणाको आशन्न भ्रमणमा द्विपक्षीय सहयोगका प्रगतिबारे छलफल र समीक्षा गर्ने अवसर दिनेछ । यसबाट दुई छिमेकीबीचको सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत मिल्नेछ ।’

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : ५२ बजे

पाकिस्तानको हैदरावादमा १२ हजार बालबालिले लगाएनन् पोलियो खोप

काठमाडौं – पाकिस्तानको हैदरावाद जिल्लामा सञ्चालन गरिएको पोलियोविरुद्धको खोप अभियानमा

राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर

माथिल्लो तामाकोशीमा दुईजनाको शव फेला

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा लेदोसहित

चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने

काठमाडौं – चीनले विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहका युवा युवतीका

अमेरिकाबाट काठमाडौंका लागि उडे ओली

अमेरिका – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी