फिल्म ‘देववाणी’ को गीत ‘तिमीलाई सधैँ भरी’ मा रोमान्टिक भावमा कुन्दन र अनुजा « Khabarhub

फिल्म ‘देववाणी’ को गीत ‘तिमीलाई सधैँ भरी’ मा रोमान्टिक भावमा कुन्दन र अनुजा


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाबु साहेब बलामीको निर्देशन रहने फिल्म ‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैँ भरी’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार जमलस्थित एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो ।

निर्माण पक्षले यो गीतको छायांकन भारतमा  भएको जानकारी दिएको छ । भिडियोमा नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चालाई रोमान्टिक भावमा देख्न सकिन्छ । भारतको सुन्दर स्थानले भिडियोको ओझ बढाएको छ । यस गीतमा तेन्जु योञ्जनको कोरियोग्राफी छ ।

फिल्मको प्रदर्शन मिति मंसिर ७ लाई तोकिएको छ । फिल्म नेपाली र हिन्दी भाषामा बन्ने निर्माण पक्षले जानकारी दिएको छ ।

यसमा कुन्दन र अनुजासहित सुनील थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनको अभिनय रहनेछ ।

यो फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद रहेको छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुन् । कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् ।

हेर्नुहोस् गीत :

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ७ : २६ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब