कोरियामा एकै हप्तामा कोभिड–१९ सङ्क्रमणमा दोब्बर वृद्धि « Khabarhub

कोरियामा एकै हप्तामा कोभिड–१९ सङ्क्रमणमा दोब्बर वृद्धि


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाको रोग नियन्त्रण विभागले आइतबार गर्मीको मौसममा फोहोर पानीमा कोभिड–१९ विषाणुको स्तर एक हप्तामा लगभग दोब्बर वृद्धि भएसँगै भाइरस सङ्क्रमितको सङ्ख्या बढेको बताएको छ ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम विभाग (केडिसिए) द्वारा अगस्टको दोस्रो हप्तामा सञ्चालित कोरिया फोहोर पानी निगरानी कार्यक्रमका अनुसार स्थानीय ढल प्रशोधन प्लान्टमा कोभिड भाइरसको औसत एकाग्रता प्रति मिलिलिटर पानीमा ४७ हजार ६४० पुगेको योन्हप समाचार समितिले जनाएको छ ।

यो सङ्ख्या अघिल्लो हप्ता रेकर्ड गरिएको २४ हजार ६०२ प्रति मिलिलिटरबाट लगभग दोब्बर वृद्धि हो ।

समुदायभित्र कोभिड–१९ सङ्क्रमणको सङ्ख्या मूल्याङ्कन गर्न गत वर्षको अप्रिलदेखि केडिसिएले यो प्रविधी प्रयोग गर्दै आएको हो ।  यो प्रविधिलाई ’वेस्ट वाटर बेस्ड ऐपिडेमीयोलोजी’ भनिन्छ ।

यो तथ्याङ्क देशभरका ८४  वटा फोहोर पानी प्रशोधन गर्ने उद्योगबाट सङ्कलन गरिएको नमुनामा आधारित छ ।

‘यो परिक्षणको उद्देश्य फोहोर पानीमा कोभिड–१९ विषाणुहरु अध्ययन गरेर त्यस समुदायमा सो विषाणुले सार्ने रोग कति फैलिएको छ भनेर आङ्कलन गर्नु हो जुन हाल बढ्दै गएको छ’, केडिसिएका एक अधिकारीले भने ।

यसैबीच, दक्षिण  कोरियामा भर्खरै अस्पतालमा भर्ना भएका कोभिड–१९ बिरामीहरूको सङ्ख्या अगस्टको दोस्रो हप्तामा १ हजार ३५९ पुगेको छ जुन एकहप्ता अघि ८ सय ७८  थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ७ : १४ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।