फोटो फिचर

पशुपतिस्थित बागमती किनारमा सोह्र श्राद्ध गर्नेहरूको घुइँचो (तस्बिरहरू)

By खबरहब

September 18, 2024

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । सोह्र श्राद्धको अवसरमा गोकर्ण, पशुपति क्षेत्रलगायतका तीर्थस्थलमा श्राद्ध गर्नेहरूको भीड रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी