प्रहरीद्वारा गाँजा र अफिम फँडानी | Khabarhub Khabarhub

प्रहरीद्वारा गाँजा र अफिम फँडानी


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

बागमती – प्रतिबन्धित लागुऔषध गाँजा र अफिम खेती नष्ट गर्ने अभियान सुरु गरेको छ । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा करिब ८० बिघा क्षेत्रफलमा लगाइएको गाँजा र अफिम फँडानी गरेको हो ।

यही मङ्सिर ७ गतेदेखि आजसम्ममा जिल्लाको कैलाश, राक्सिराङ र बागमती गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीयले ७५ बिघा सात कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा र १२ बिघा तीन कठ्ठा क्षेत्रफलमा लगाएको अफिम खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाँजा र अफिम खेती फँडानी गरेको हो । फँडानी गर्न बाँकी रहेका अन्य स्थानमा पनि क्रमशः प्रहरी टोली परिचालन गरी अभियानलाई निरन्तरता दिइने प्रहरी निरीक्षक सापकोटाले बताए ।

मकवानपुरको पहाडी क्षेत्रका पालिकामा गाँजा र अफिम खेती हुँदै आएको छ । यस्तै मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–५ स्थित डिल्लीपुरबाट आज एक क्विन्टल ३७ किलो गाँजा बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १० : ३१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका