जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने | Khabarhub Khabarhub

जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसद्‌द्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारीले बुधबार बताएका छन् ।  

सेप्टेम्बर २७ को आन्तरिक मतदानमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) का प्रमुख  फुमियो किशिदाको उत्तराधिकारीका रूपमा नौ उम्मेदवारहरू मध्ये तीन जना अगाडि सरेका छन् ।  

प्रतिस्पर्धीमध्ये कन्जरभेटिभ आर्थिक सुरक्षामन्त्री साने ताकाइची एलडिपीका पूर्व महासचिव सिगेरु इशिबा र पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमी रहेका छन् ।

कन्जरभेटिभ एलडिपीले दशकौँदेखि संसदमा बहुमतसहित शासन गर्दै आएको छ । संसदीय मामिलाका एलडिपी सांसद यासुकाजु हमादाले विपक्षी समकक्षीलाई नयाँ प्रधानमन्त्री चयन गर्न पार्टीले अक्टोबर –१ मा संसद सत्र बोलाउने योजना बनाएको बताएका छन् ।

विपक्षी पार्टीको स्वीकारोक्तीपछि सरकारले सोमबार औपचारिक रूपमा मिति घोषणा गर्ने जापानी सञ्चारमाध्यमले  जनाएका छन् ।  

सन् २०२१ को अक्टोबरदेखि सत्तासिन किशिदाले मूल्य वृद्धि लगायतका काण्डपछि भएका समीक्षामा आफ्नो सरकारका लागि अनुमोदन मूल्यांकनमा आएको परिणामपछि किशिदाले गत महिना आफूले पदमुक्त हुने घोषणा गरेका थिए ।

चुनावमा एलडिपीका सांसदहरूले मतदान गरेपछि मतहरू पार्टी सदस्य र समर्थकको प्राथमिकताको आधारमा निर्धारण गरिनेछ ।

जापानी सञ्चारमाध्यमले गरेको सर्वेक्षणमा तकाइची, इशिबाकोइजुमीलाई अगाडि राखेका छन् ।  कोइजुमीले चुनाव जितेमा जापानको सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नु हुनेछ भने एलडिपीको कन्जरभेटिभ मुखर राष्ट्रवादी तकाइची देशको पहिलो महिला नेता बन्नु हुनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ०८ बजे

रास्वपालाई एमालेको जवाफ- दलैपिच्छे सम्झौता गर्दैनौँ, माओवादीसँगको सहमतिअनुसार सदन चल्छ

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा

बाम्का बजार आगलागी घटना : पीडितलाई पर्यटन मन्त्रालयको साढे तीन लाख सहयोग

काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिका–६ को बाम्का बजारका आगलागी पीडितका लागि

पत्रकारले सोधे- संसद्‍मा बोल्न पाउनु भएन नि ? प्रधानमन्त्रीले भने- मजा लाग्यो ?

काठमाडौं- हरेक महिनाको पहिलो शुक्रबार सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष सवाल-जवाफ कार्यक्रम

हट्यो चक्रपथमा लगाइएको निषेधाज्ञा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रमा जारी गरेको निषेधाज्ञा

११ महिनामा ७ अर्ब बढीको अलैँची निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिना अवधिमा नेपालबाट सात अर्ब