कांग्रेस चितवनद्धारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन | Khabarhub Khabarhub

कांग्रेस चितवनद्धारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेस चितवनले जिल्लाका सातै पालिकामा सात वाटिका निर्माण एवं व्यवस्थापन गर्ने भएको छ । ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन गरी पार्टीमा महत्वपूर्ण योगदान पुर्‍याएका नेताहरूको नामबाट सात पालिकामा सात वाटिका निर्माण गर्न लागिएको हो । 

जिल्ला सभापति राजेश्वर खनालका अनुसार माडी नगरपालिकामा गणेशमान स्मृति दिवसको अवसर पारेर बुधबार गणेशमान सिंह स्मृति वाटिका शुभारम्भ गरिएको छ । माडी–५ मा करिब दुई बिघा क्षेत्रफलमा उक्त वाटिका निर्माण सुरु गरिएको उनले जानकारी ।

सभापति खनालले भरतपुर महानगरपालिकामा बीपी शान्ति नगर वनलाई व्यवस्थित गरेर सोही वाटिकालाई व्यवस्थित गरिने बताए । रत्ननगरमा सुशील कोइराला स्मृति पार्क, खैरहनीमा शुवर्णशमशेर वाटिका, राप्तीमा गिरिजाप्रसाद कोइरालापार्क, कालिका नगरपालिकामा किसुनजी वाटिका र ईच्छाकामना गाउँपालिकामा शैलजा आचार्य स्मृति पार्क बनाउने योजना रहेको उनले जानकारी दिए।

खनालका अनुसार स्थानीय तहसँग उपयोग नभएर बसेका उपयुक्त जग्गा माग गरी आर्थिक संकलनमार्फत पार्क निर्माण गरिँदै छ । माडीमा गणेशमान सिंहको नाममा प्रतिष्ठान गठन गरिएको छ भने अन्य पालिकामा नेपाली कांग्रेस चितवनअन्तर्गत रहने गरी दर्ता गरिएको सान्दाजु स्मृति प्रतिष्ठानमार्फत् वाटिकाको निर्माण र संरक्षण गरिने योजना रहेको उनले उल्लेख गरे । 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ३६ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो