संविधान संशोधन गर्न कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे  « Khabarhub

संविधान संशोधन गर्न कांग्रेस र एमालेले मात्रै सम्भव छैन : मन्त्री पाण्डे 


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन् ।

बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्व सन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे । उनले भने, ‘दुई ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि होइन। देशको दूरगामी परिवर्तन र सङ्कटबाट जोगाउन गर्नका लागि एक ठाउँमा आएका हौँ। हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । ०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ  ।’

मन्त्री पाण्डेले भने,’संविधान संशोधन गर्नु पर्ने छ। कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन । राष्ट्रको हितका पक्षमा नेकपा मा‌‌ओवादी ,राप्रपा, रास्वपालगायतका दलहरूसमेत एक ठाउँमा आउन जरुरी छ।’

उनले १० वर्षमा संविधानलाई पुनरावलोकन गर्नु पर्ने बेला आइसकेकाले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए । लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक,समावेशिता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको उनको भनाइ छ ।

मन्त्री पाण्डेले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनु पर्ने, संविधानसँग जोडिएका ऐन कानुन निर्माण गर्न जरुरी रहेको औँल्याए । त्यसै गरी उनले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगेर्ना गर्नु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ०० बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन