देशभर पश्चिमी वायुको प्रभाव, तापक्रम क्रमशः घट्दो | Khabarhub Khabarhub

देशभर पश्चिमी वायुको प्रभाव, तापक्रम क्रमशः घट्दो


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । 

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम  सफा रहेको छ ।

विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा  बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : २५ बजे

अब रास्वपा ‘रिकभर’ हुँदैछ : विराजभक्त श्रेष्ठ

काठमाडौं– पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीपछि अब राष्ट्रिय स्वतन्त्र पार्टी

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०५

बागलुङ दुर्घटना अपडेट : मृतक पाँचैजनाको पहिचान

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको

खराब कर्जाले नाडेप लघुवित्त पाँच करोड घाटामा

काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो

आज १२ बजेभित्र उद्योगहरूमा लाइन जोड्न असम्भव : प्राधिकरण

काठमाडौं– बिजुलीको लाइन काटिएका उद्योगहरूमा आज मध्याह्न १२ बजेभित्र पुनः