सरकारको काममा निराश विपक्षी, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर राष्ट्रपतिलाई भेट्ने  « Khabarhub

सरकारको काममा निराश विपक्षी, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर राष्ट्रपतिलाई भेट्ने 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । 

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालका अनुसार आजको बैठकमा प्राकृतिक प्रकोप र बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैर जिम्मेवार देखिएको सबै दलहरूको निष्कर्ष छ । 

यस्तै बैठकले यसै सन्दर्भमा सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने समेत बताएको छ । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि लगत्तै राष्ट्रपतिलाई भेटेर यसको जानकारी गराइने अर्यालको भनाइ छ । 

यस्तै सरकारले सुनुवाइ नगरे २५ प्रतिशत संसद्को हस्ताक्षर गरेर संसद्को विशेष अधिवेशन आव्हान समेत गर्न सभामुखलाई भेट्ने अर्यालको भनाइ छ । 

आजको बैठकमा सत्ता पक्षका महन्थ ठाकुर पनि उपस्थित थिए  । उनी पनि सरकारको कामका खुसी नभएका कारण बैठकमा उपस्थित भएको बताए । 

यस्तै आजको बैठकले सबै विपक्षी दलले सरकारको कामबारे एक ढिक्का भएर आवाज उठाउने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ११ : ५९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको