सरकारको काममा निराश विपक्षी, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर राष्ट्रपतिलाई भेट्ने  « Khabarhub

सरकारको काममा निराश विपक्षी, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर राष्ट्रपतिलाई भेट्ने 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । 

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालका अनुसार आजको बैठकमा प्राकृतिक प्रकोप र बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैर जिम्मेवार देखिएको सबै दलहरूको निष्कर्ष छ । 

यस्तै बैठकले यसै सन्दर्भमा सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने समेत बताएको छ । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि लगत्तै राष्ट्रपतिलाई भेटेर यसको जानकारी गराइने अर्यालको भनाइ छ । 

यस्तै सरकारले सुनुवाइ नगरे २५ प्रतिशत संसद्को हस्ताक्षर गरेर संसद्को विशेष अधिवेशन आव्हान समेत गर्न सभामुखलाई भेट्ने अर्यालको भनाइ छ । 

आजको बैठकमा सत्ता पक्षका महन्थ ठाकुर पनि उपस्थित थिए  । उनी पनि सरकारको कामका खुसी नभएका कारण बैठकमा उपस्थित भएको बताए । 

यस्तै आजको बैठकले सबै विपक्षी दलले सरकारको कामबारे एक ढिक्का भएर आवाज उठाउने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ११ : ५९ बजे

अझै निकाल्न नसकिएको राइनो क्रुज

चितवन– नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका